आइएसटी सेकेण्डरी स्कुलले मनायाे ‘डे अफ सेलिब्रेसन’

आइएसटी सेकेण्डरी स्कुलले मनायाे ‘डे अफ सेलिब्रेसन’

केन्द्रबिन्दु
507
Shares

शिक्षासँगै सिप प्रदान गर्दै आएको आइएसटी सेकेण्डरी स्कुलले ‘डे अफ सेलिब्रेसन’ मनाएको छ ।

आइतबार मल्ल होटलमा एक कार्यक्रम गरी स्कुलले ‘डे अफ सेलिब्रेसन’ कार्यक्रम मनाएको हो । कार्यक्रममा स्कुल परिवार, विद्यार्थी र उनीहरुका अभिभावकको बाक्लो उपस्थिती रहेको थियो । दुई सेसनमा सम्पन्न भएको कार्यक्रमको पहिलो सेसनमा हालै कक्षा ११ मा झर्ना भएका विद्यार्थीलाई वेलकम र ओरेन्टेसन गराइएको थियो ।

पहिलो सेसनमा स्कुल, कोर्स र स्कुलले वर्षभरी विद्यार्थीलाई दिने अतिरिक्त सेवा सुविधाका विषयमा जानकारी दिइएको थियो । जसमा ६० विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुले फ्रि–वारिस्टा ट्रेनिङ पनि लिएका थिए ।

यसैगरी दोस्रो सेसनमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई टुरिजम स्कुल अफ साल्जवर्गबाट पाएको भोकेसनल सर्टिफिकेटबाट ग्याजुएट गरिएको थियो । आजको कार्यक्रमलाई स्कुलले ‘डे अफ न्यू विगिनिङ’ पनि भनेको छ । किनकी कक्षा ११ मा अध्ययन गर्न आउने र कक्षा १२ बाट विदा हुनेहरुका लागि जिवनको नयाँ सुरुवाट भएकाले स्कुलले न्यू विगिनिङ भनेको हो । दोस्रो सेसनमा पनि ६० जना विद्यार्थीकै सहभागिता रहेको थियो । यसैगरी कार्यक्रममा एनइबीका टप अचिभरहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्कुलकी प्रिन्सिपल सम्झना बस्न्यातले हालसम्म आइएसटीबाट अध्ययन गरेर गएका २१ हजारभन्दा बढी विद्यार्थीहरु सबै आफ्नो जीवनमा सफल भएको बताइन् । आफ्नो स्कुलबाट पासआउट भएका विद्यार्थीहरुमध्ये कोही पनि बेराेजगार नदेखेको उनकाे जिकिर थियाे ।

यसैगरी कलेजका सिइओ नरेन्द्र बज्राचार्यले पनि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई वेलकम र कक्षा १२ बाट ग्य्राजुएट भएका विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद दिए ।

कार्यक्रममा आइएसटीका डाइरेक्टर तेजबहादुर ढकालले कक्षा १२ का विद्यार्थीहरुको हातमा एनइबीको सर्टिफिकेट र साल्जवर्ग विश्वविद्यालयको भोकेसनल सर्टिफिकेट एकै साथ पाउनुलाई दुबै हातमा लड्डु परेको संज्ञा दिए । उनले यस सर्टिफिकेटमार्फत विद्यार्थीहरु जुनसुकै स्थानमा गएर जागिर खान सक्षम रहेको बताए ।

Logo