काठमाडाैं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको शैक्षिक परामर्शदाता ओली एण्ड एशाेसिएट्स नेपालले ‘ग्लोबल एजुकेशन एक्स्पो–२०२४’ आयोजना गर्ने भएको छ ।
नेपालमा विदेशी शिक्षा प्रवर्द्धन गर्ने पहिलो परामर्शदाता ओली एण्ड एशाेसिएट्सले विगत २२ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । भदौ ३ गते देखि १८ गतेसम्म देशभरका आफ्नो कार्यालय परिसरमा एक्स्पो आयोजना गर्दै आएको ओली एण्ड एसोसिएट्सले एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेटेर जानकारी लिन सक्ने ओली एण्ड एसोसिएट्सका अपरेसन म्यानेजर युवराज कार्कीले
बताए।
मेला बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।
ग्लोबल एजुकेसन एक्स्पो भदौ ५ गते बिर्तामोडमा, ७ गते इटहरीमा, ९ गते चितवनमा, ११ गते पोखरामा, १३ गते बुटवलमा, १६ गते काठमाडौं स्टारमहलस्थित केन्द्रीय कार्यालयमा र १८ गते पाटनस्थित ओली एण्ड एशाेसिएट्सको आफ्नो कार्यालय परिसरमा एक्स्पो सञ्चालन हुनेछ।
एक्स्पोमा विद्यार्थीहरुले विभिन्न प्रमुख पाँच देश अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका बारेमा जानकारी दिनेछ । यसैगरी मेलामा १०० भन्दा बढी विश्वविद्यालयहरुको सहभागिता रहने छ । यसका साथै मेलामा उपस्थित विद्यार्थीहरुले आइप्याड र अन्य थुप्रै अनगिन्ती गिफ्ट ह्याम्परहरु पाउने छन् ।
प्रतिक्रिया