काठमाडौं । शैक्षिक परामर्शदाता प्रोकन्सल्ट्स इन्टरनेशनल प्रालिले नयाँ बानेश्वरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले १०औं वार्षिकोत्सवको अवसर पारेर बुधबार पहिलो शाखा बानेश्वरमा खाेलेकाे हो ।
उक्त शाखा उद्धघाटनको प्रमुख अतिथिको रूपमा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरि प्रभा खड्गी उपस्थित थिइन् । साथै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईकाे पनि सहभागीता रहेकाे थियाे । विदेश पढ्न जाने विद्यार्थीहरूको विश्वासिलो परामर्शदाता रहेकाे प्रोकन्सल्ट्सले विद्यार्थी पढ्न विदेश जाँदा अप्ठ्यारो नहोस् भन्ने भाव बोकी काम गर्दै आएकाे छ ।
साे अवसरमा प्रोकन्सल्ट्स इन्टरनेशनलका अध्यक्ष प्रजित कुमार तिमिल्सिनाले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहजताका साथ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ बानेश्वरमा शाखा सञ्चालनमा ल्याएकाे बताए । ‘प्लस टु गर्ने बित्तिकै बाहिरै जानु पर्छ भन्ने भिडलाई मोटिभेट गर्नको लागि हामी आएका छैनौं, विद्यार्थी जो बाहिर जान खोज्नु भएको छ, यहाँ आएर केही गर्ने सोच बनाउनेहरूलाई मात्रै विदेशमा उच्च शिक्षाको लागि पठाउने छौं,’ उनले भने ।
विदेशमा सिप सिकेर नेपाल फर्की केही गर्छु भन्ने लक्ष्य राखेका विद्यार्थीलाई लक्षित गरेर परामर्श दिँदै आइरहेको अध्यक्ष तिमिल्सिनाकाे भनाई छ । उक्त कन्सल्टेन्सीले अङ्ग्रेजी भाषा बोलिने देश साथै दक्षिण कोरिया र जापानका कोर्सहरू अध्ययन गराउँदै आएको छ ।
विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई त्यस देशको रहन सहन, वातावरण साथै भाषालगायतका विषयमा जानकारी कन्सल्टेन्सीले दिँदै आएको उनले बताए । विदेश जाने विद्यार्थीको लागि उपयुक्त गन्तव्य बन्दै गएको प्रोकन्सल्ट्सले सेवा विस्तारमा पनि जोड दिँदै आएकाे छ ।
प्रतिक्रिया