केएमसी कलेजमा विद्यार्थीको करिअर छनोटबारे ‘नेभिगेटिङ द करिअर च्वाइसेस’ प्यानल डिस्कसन सम्पन्न

केएमसी कलेजमा विद्यार्थीको करिअर छनोटबारे ‘नेभिगेटिङ द करिअर च्वाइसेस’ प्यानल डिस्कसन सम्पन्न

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल कलेज (केएमसी) ले शुक्रबार ‘नेभिगेटिङ द करिअर च्वाइसेस’ शिर्षकमा प्यानल डिस्कसन गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो करिअर छनोटमा आउने बाधा र अवरोधलाई पन्छाएर अघि बढ्ने हौसला तथा करिअर छनोट गर्दा ध्यान दिनुपर्ने पक्षहरूबारे छलफल भएको थियो ।

विद्यार्थीले करिअर छनोट गर्दा गर्ने गल्तीहरू न्यूनीकरण गर्ने विषयमा उक्त अन्तरक्रिया केन्द्रित थियो । कलेजको बीबीएमतर्फका सातौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित उक्त प्यानल डिस्कसन जीवनोपयोगी विषयवस्तुमा आधारित रहेको थियो ।

उक्त प्यानल डिस्कसनमा नेपाल नटक्राफ्टका सिईओ माया राई, नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली, सिटी टेकका फाउण्डर साजन शर्मा र फुडमाण्डुका चिफ ग्रोथ अफिसर रोचक बोहोरा सहभागी थिए । करीब ३ घण्टा चलेको उक्त प्यानल डिस्कसनमा केएमसी परिवार, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कलेज चिफ सुरेन्द्र सुवेदीले कार्यक्रममा उपस्थित भएर विद्यार्थीहरूलाई ज्ञानबर्द्धक जानकारी दिएकोमा प्यानल डिस्कसनमा उपस्थित सबै वक्ताहरूलाई धन्यवाद ज्ञापन गरे । २१ वर्षदेखि निरन्तर उत्कृष्ट नतिजाका साथ नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको कलेजले अन्तरक्रियात्मक पठनपाठनलाई अधिक महत्त्व दिँदै आएको छ ।

Logo