अल्फाबिटाद्वारा ‘अस्ट्रेलिया एड्मिसन डे’ आयोजना, सहभागीलाई विशेष छुट

अल्फाबिटाद्वारा ‘अस्ट्रेलिया एड्मिसन डे’ आयोजना, सहभागीलाई विशेष छुट

केन्द्रबिन्दु
48
Shares

शैक्षिक परामर्श क्षेत्रमा चिरपरिचित अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले ‘अस्ट्रेलिया एड्मिसन डे’ कार्यक्रम आयोजना गरेको छ । अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरस्थित केन्द्रिय भवनको तेस्रो तल्लामा आज ‘अस्ट्रेलिया एड्मिसन डे’ कार्यक्रम सञ्चालन गरेकाे हो ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई गुणस्तरीय परामर्श दिँदै आएको यस अल्फाबिटाले आज सञ्चालन गरेको कार्यक्रममा २० भन्दा बढी अस्ट्रेलियन शिक्षण संस्थाहरुको संलग्नता रहेकाे छ । कार्यक्रममा उपस्थित भएका विद्यार्थीहरुले अस्ट्रेलियन शिक्षण संस्थाका प्रतिनिधीहरुसँग प्रत्यक्ष भेटेर अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहिने शैक्षिक योग्यता, पायक सहर, कुन इन्टेकमा जाँदा राम्रो, आर्थिक सक्षमता, स्कलरसिप जस्ता मनमा उठेका विषयका बारेमा प्रत्यक्ष जानकारी लिइरहेका छन् ।

कार्यक्रममा ६०० सयभन्दा बढी विद्यार्थीहरु उपस्थित हुन सक्ने आंकलन अस्ट‍्रेलियाका लागि स्टडी अव्रोड डेस्टिनेसन म्यानेजरका रुपमा कार्यरत अनिल नेपालले गरेका छन् । उनका अनुसार बिहान १० बजेदेखि सुरु भएकाे ‘अस्ट्रेलिया एड्मिसन डे’ बेलुकी ५ बजेसम्म चल्नेछ ।

अल्फाबिटाले प्रत्येक हप्ता विभिन्न शिर्षकमा वैदेशिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ । यसैगरी आजको कार्यक्रममा उपस्थित भएका विद्यार्थीहरुलाई अल्फाबिटाले आइएलटिएस, टोफेल, पिटिई र टेष्ट प्रि–पिरेसनमा ५० प्रतिशत छुट दिएको छ । साथै उच्च शिक्षाका लागि प्रोसेसिङ चार्जमा पनि विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् । योसँगै प्रि–रजिष्टेसन गरिसकेका विद्यार्थीहरुले विभिन्न गिफ्टह्याम्पर पनि पाएका छन् ।

Skip This
Skip This
Logo