काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजले नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ आयोजना गर्ने भएको छ । एस इन्सिटच्युट अफ म्यानेजमेन्ट नेपालको प्रमुख शैक्षिक संस्थाहरुमध्ये एक हो, जसले युवाहरुको प्रतिभा विकास गर्न र नवीनता र उत्कृष्टताको भावना जगाउन समर्पित रहँदै आएको छ ।
२८ सेप्टेम्बरमा भृकुटीमण्डपमा आयोजना हुने ‘एस एक्सप्रेसन्स २०२४’ मा विद्यार्थीहरुलाई सिक्ने, बढ्ने र उत्कृष्टता हासिल गर्ने अवसरहरु प्रदान गर्नेछन् । यसका लागि खल्ती एपमा टिकट किन्न सकिन्छ । यो इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुन्छ ।
यस ‘एस एक्सप्रेसन्स २०२४’ले विभिन्न प्रतियोगितात्मक र रोचक गतिविधिहरु आयोजना गर्नेछ । जसले विद्यार्थीहरुलाई आफ्नो प्रतिभा, सिर्जनात्मकता र बौद्धिक क्षमताको प्रदर्शन गर्ने मंच प्रदान गर्नेछ । यी उप–कार्यक्रमहरुमाः ब्यान्ड प्रतियोगिता, नृत्य प्रतियोगिता, फेशन शो, टीभीसी/डीभीसी, स्टक सिमुलेसन, स्ट्रेस इन्टरभ्यू, किव्ज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला पर्दछन् । यी १० वटा प्रतिस्पर्धा १० फरक ठाउँबाट हुनेछन् ।
अन्तिम दिनमा व्यान्ड डान्स अफ फेसन शो बाट टप ३ ले भृकुटीमण्डबमा राष्ट्रिय स्तरका कलाकारसँग पर्फम गर्न पाउनेछन् । जसमा अभिष्कार केसी, श्रिगो, पहेलो बत्ती मुनी, सुसान्त घिमिरे, रचना दाहाल र जोन चाम्लिङ राई रहनेछन् । डान्समा कुनै पनि रोक तोक छैन र जुनै पनि विधामा गर्न सकिने छ । साथै व्यान्ड कम्पिडिसनमा पनि कुनै पनि विधामा गर्न सकिन्छ । फेसन शो को २ वटा थिम दिइएको हुन्छ त्यसै अनुसार गर्नुपर्ने हुन्छ । डिबेट आफ्नै शैलीमा जान्छ ।
कार्यक्रमको समापनमा, नेपालका प्रमुख कलाकारहरुको प्रस्तुति रहने एक भव्य कन्सर्ट आयोजना गरिनेछ,जसले सबै उपस्थितहरुको लागि अविस्मरणीय अनुभव प्रदान गर्ने कलेजकाे विश्वास छ ।





























प्रतिक्रिया