काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको पाठ्यक्रम समयअनुसार निर्माण गर्नुपर्ने बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी नीतिलाई नै पुनःनिर्माण गर्न नसके पनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘ सीटीईभीटीलाई पुनःसंरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि कम्तिमा सीटीईभीटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । सीटीईभीटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ । यसका लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौ ।’
यस्तै, उनले वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरू भइरहेको बताइन् । युवाहरूलाई देशमा राख्नका लागि धेरै काम गर्न बाकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उनको भनाइ छ ।





























प्रतिक्रिया