एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत गत भदौ १ गते सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भदौ १४ गते बसेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको हो । एमबीबीएसका लागि परीक्षा दिएका करीब ७ हजार ८४७ परीक्षार्थीकै अन्तिम नतिजा प्रकाशित भएको हो ।

Logo