काठमाडौं ।
क्यानेडियन सरकार अन्तर्गतको ट्रेड कमिसनर सर्भिसेज (टिसिएस)का ट्रेड एड्भाइजर नियुक्त भएका नेपालका युवा व्यवसायी द्विराज शर्माले अब क्यानडाले नेपालमा लगानी गर्न र क्यानडामा नेपालले व्यापार बढाउन बाटो खुला भएको बताएका छन् ।
शर्माले ट्रेड एड्भाइजर नियुक्त भएसँगै यस्तो बताएका हुन् । उनले भारतमा क्यानडाको ट्रेड कमिसनको कार्यालय रहे पनि नेपालमा अहिलेसम्म कार्यालय रहेको थिएन । त्यसैले लगानी गर्ने बातावरण थिएन । अब यसको बाटो खुल्ला गरेर अगाडि बढ्न मिल्ने भएको उनको भनाइ छ ।
क्यानडाले नेपालको कृषि, शिक्षा, एभियसन, पूर्वाधार र क्लिन टेक्नोलोजीमा प्राथमिकता दिएको छ । त्यसैले नेपालमा प्रत्यक्षरुपमा क्यानडाबाट लगानी भित्र्याउनसमेत चाहना रहेको छ । ट्रेड एड्भाइजर नियुक्तसंगै क्यानेडियन सरकार र नेपाल सरकारका सम्बन्धित निकायबिचमा समन्वय गर्ने, क्यानडाका कम्पनिहरुलाई नेपालमा व्यापार र लगानीका विषयमा आवश्यक परामर्श तथा समन्वयका लागि पहल हुने उनले बताएका छन् ।
क्यानडाले नेपालमा लगानी भित्र्याउने तथा दुई देशबिचको व्यापार बढाउने उद्देश्यले ट्रेड कमिसनर सर्भिसेजले अल्फाबिटा ग्रुप अफ कम्पनिका अध्यक्ष शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको हो ।
क्यानेडियन सरकारले नेपालमा बिभिन्न क्षेत्रमा लगानी गर्न र व्यापार बढाउन, समन्वय गर्न तथा सम्बन्ध बढाउन चाहेकोले ट्रेड एड्भाइजर नियुक्त गरेको हो ।
ट्रेड एड्भाइजर नियुक्त भएका शर्मा नेपालमा विभिन्न क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव भएको र ग्लोबल एक्स्पोजर भएका कारण ट्रेड एड्भाइजरमा नियुक्त गरेका हुन् । शर्मा अन्तर्राष्ट्रिय शिक्षा,उर्जा, पर्यटन, ट्रेडिङ, रियल स्टेटमा लामो अनुभव भएका युवा व्यवसायी हुन् । त्यसैगरी उनी अष्ट्रेलिया, युरोप, इण्डिया लागि शैक्षिक परामर्श दिने व्यवसायीक संघको अध्यक्ष रहेर समेत काम गरिरहेका छन् ।





























प्रतिक्रिया