रुपिज इन्टरनेसनल स्कुलद्वारा ‘रुपिज आर्ट एक्जिविसन’ सम्पन्न

रुपिज इन्टरनेसनल स्कुलद्वारा ‘रुपिज आर्ट एक्जिविसन’ सम्पन्न

केन्द्रबिन्दु
36
Shares

काठमाडौंको बाफलमा अवस्थित रुपिज इन्टरनेसनल स्कुलले ‘रुपिज आर्ट एक्जिविसन’ सम्पन्न गरेकाे छ । शनिबार एक कार्यक्रम गरी स्कुलले आर्ट एक्जिविसन सम्पन्न सम्पन्न गरेको हो । एक्जिविसनमा प्रमुख अतिथिका रुपमा भिज्युअल आर्टिस्ट तथा स्पेक्ट्रमका प्रेसिडेन्ट इन्द्रप्रसाद श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे ।

बिहान ११ बजेदेखि सुरु भएको आर्ट एक्जिविसनमा ३ कक्षादेखि १० कक्षासम्मका २०० सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । आर्ट एक्जिविसनमा सहभागी विद्यार्थीहरुले मिथिला आर्ट, ल्याण्डस्केप पेन्टिङ, पोट्रेड पेन्टिङलगायत विभिन्न प्रकारका आर्टहरुलाई प्रदर्शनमा राखिएको थियो । एक्जिविसनमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

रुपिज इन्टरनेसनल स्कुलकी फाउण्डर डाइरेक्टर रुपि सिंहले आर्ट मानिसको आत्मा भएको बताइन् । उनले आर्टमार्फत भावना साटासाट गर्न सकिने बताउँदै विद्यार्थीहरुले नयाँ कुरा गर्दा धेरै सिक्न सक्ने पनि उल्लेख गरिन् । आफू भावनात्मक रुपमा अझै बच्चा नै रहेको बताउँदै आफूले सबै कुरालाई बच्चाकै नजरबाट हेर्ने गरेको उनकाे भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि भिज्युअल आर्टिस्ट तथा स्पेक्ट्रमका प्रेसिडेन्ट इन्द्रप्रसाद श्रेष्ठले आर्ट एक्जिविसन गर्दा विद्यार्थीहरु सधैं प्रेरित भइरहने र आफ्नो प्रतिभा सबैका सामु देखाउन सक्षम हुने बताए । उनले नेपालमा आर्ट क्षेत्रमै लागेर यदि कोही भविष्य निमार्ण गर्न चाहन्छ भने त्यो अवस्था सिर्जित भइसकेको पनि बताए ।

यसैगरी रुपिज इन्टरनेसनल स्कुलका आर्ट टिचर पेम्बा लामा र बिनु केशरी श्रेष्ठले विद्यार्थीहरुले सानै उमेरदेखि रंगसँग खेल्न पाउँदा निकै खुसी भएको पाएको बताए । आर्ट एक्जिविसनहरुमा सहभागी भएका विद्यार्थीहरुमा आत्मविश्वास बढेको पाएको पनि उनीहरुकाे भनाई छ ।

Skip This
Skip This
Logo