आइएसएमटी कलेजद्वारा ‘जब फेयर २०२४’ आयोजना, विद्यार्थीको आकर्षण

आइएसएमटी कलेजद्वारा ‘जब फेयर २०२४’ आयोजना, विद्यार्थीको आकर्षण

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपालमै ब्रिटिश डिग्री प्रदान गर्दै आएको इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी(आइएसएमटी)ले ‘जब फेयर २०२४’ आयोजना गरेको छ ।

विद्यार्थीलाई शिक्षासँगै करिअर निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित आयोजना भएको मेलामा २५० भन्दाबढी विद्यार्थीको सहभागिता रहेको थियो । मेलामा आइटी, बिजनेस र हस्पिटालिटी क्षेत्रका २५ भन्दा बढी कम्पनी सहभागी थिए । जब फेयरमा होटल मेरियट, डिसहोम फाइबर नेट, लिप फ्रग, चौधरी ग्रुप, एन क्लाउड, एलिस कम्पनी, होटल याक एण्ड यतीलगायत २५ भन्दा बढी टुरिजम, टेक र म्यानेजमेन्ट सेक्टरका कम्पनीहरुको सहभागिता रहेको थियो ।

आइएसएमटी ग्रुपकी एसोसिएट्स प्रोग्राम हेड डा. मनुसा कोइरालाका अनुसार कलेजले वर्षमा दुई पटक जब फेयर कार्यक्रम सञ्चालन गर्दै आएको छ, जहाँ विद्यार्थीहरुले घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षा पाउने भएकाले विद्यार्थीहरु सोझैं आफ्नो–आफ्नो सेक्टरमा गएर काम गर्न सक्ने उनको दाबी छ ।

जब फेयरमा पहिलोपटक सहभागी जनाएको ग्रेट नेपाल ट्राभल डट कमका म्यानेन्जिङ डाइरेक्टर दामोदर घिमिरेले नेपालमा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको कमी भइरहेको बेला आइएसएमटी कलेजले यस्तो जब फेयर सञ्चालन गर्दा अत्यावश्यक जनशक्ती परिपूर्ती हुने बताए ।

यसैगरी जब फेयरमा सहभागी भएका विद्यार्थीहरुले पनि कलेजद्धारा यस्तो प्रकारको प्लाटफर्म उपलब्ध गराँदा आफूहरु जागिरका लागि बाहिर भौतारिन नपरेको बताए ।

राजधानीको तीनकुनेमा रहेको यस कलेजमा सिक्ने र सिकाउने कलामा आम कलेजभन्दा फरक विद्यार्थीको वर्तमान मात्र नभएर, सुदुर भविश्य पनि सुन्दर वनाउन उत्तिकै लागिपरेको छ । बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएचएम, बीएस्सी आइटी, बीएस्सी (अनर्स) साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंगलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । आइएसएमटी ग्रुपअन्तर्गत युनिभर्सिटी अफ सन्डरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा आफ्ना कलेजहरू सञ्चालन गरिरहेको छ ।

Skip This
Skip This
Logo