हिमालय कलेज अफ इन्जिनियरिङमा नेपाल एमयूएन ५‍.० कार्यक्रम सुरु

हिमालय कलेज अफ इन्जिनियरिङमा नेपाल एमयूएन ५‍.० कार्यक्रम सुरु

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । नेपाल मोडेल युनाइटेड नेशनलले आयोजना गरेको नेपाल एमयूएन ५‍.० कार्यक्रम आजबाट शुरु भएको छ । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रम हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालन भएको हो ।

३१ गतेसम्म सञ्चालन हुने नेपाल एमयूएन ५‍.० ले विद्यार्थीहरूको क्षमता विकास महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । राजनीतिक साथै अन्य विषयलाई जोडेर प्रयोगात्मक ज्ञान यहाँबाट विद्यार्थीले बटुल्न सक्छन् । उक्त कार्यक्रममा सहभागी हुन विभिन्न ३ देशबाट विद्यार्थी पनि आएका छन् ।

नेपाली र विदेशी विद्यार्थीहरूले प्रक्रियागत रूपमा राज्य सञ्चालन व्यवस्थाको साथै संसदीय प्रक्रिया, विकासका कार्यहरूमा ल्याउनु पर्ने मोडालिटीमा समेत छलफल गर्ने छन् । कार्यक्रममा युवालक्षित यस्ता थुप्रै विषयहरू समेटिएको छ । यस कार्यक्रमले विद्यार्थीलाई वाह्य गतिविधिको जानकारी लिन वा ज्ञान साटासाट गर्नका लागि निकै मद्दत गर्ने अपेक्षा आयोजक टिमले राखेको छ ।

यस कार्यक्रममा ५० भन्दा बढी विद्यालयका करिव ४०० जना विद्यार्थीको सहभागिता रहने नेपाल मोडेल युनाइटेड नेशनलका प्रमुख सल्लाहकार रिसेन श्रेष्ठले जानकारी दिए ।

यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका प्रधानाध्यापक किशोर गौतमले किताबी ज्ञान बाहेकका जीवनसँग जोडिएका विषयलाई सिकाउन यस कार्यक्रमले ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यस्तै, कार्यक्रममा विदेशबाट सहभागी हुन आएका विद्यार्थीहरूले पनि विभिन्न विषयमा रहेर आफ्नो प्रस्तुति दिनेछन् । अन्तर्राष्ट्रिय संस्थासँग जोडिएको यो कार्यक्रमले ठूला संस्थाहरूमा जोडिएर काम गर्न इच्छा राख्ने विद्यार्थीलाई सहयोग गर्ने छ । नेपाल मोडेल युनाइटेड नेशनलकी महासचिव प्रेरिका ओलीले यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दा युवा शक्तिको सक्रियता अझ बढ्ने बताइन् ।

यसका साथै उक्त कार्यक्रमको प्रमुख अतिथि साथै बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले नयाँ पुस्तालाई साथमा लिँदै बागमती प्रदेश काम गर्न तयार रहेको बताए । उनले नेपालमा समृद्धि हासिल गर्नको लागि युवालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउँदै दिगो विकासका लक्ष्यहरूमा युवा शक्तिको महत्वपूर्ण भूमिका हुने पनि बताए ।

Skip This
Skip This
Logo