व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाई, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट

व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाई, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट

केन्द्रबिन्दु
3
Shares

व्यवस्थापनमा अहिले विद्यार्थीको सर्वाधिक आकर्षण पाइन्छ । यसो हुनुको पछाडि मूलत दुई कारण छन् । पहिलाे, यो आयामिक विषय हो जसले अनेकन क्षेत्रमा पोख्त हुने अवसर दिलाउँछ । दाेस्राे, यस विधामा पोख्त जनशक्तिको विश्व बजारमै उच्च माग छ ।

विद्यार्थीको भविष्यप्रति उत्तरदायी एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले अरुसँग प्रतिस्पर्धा होइन, सहयोग र सहकार्य गर्ने परिपाटी अंगालेको छ ।

यद्यपि सुरक्षित करियरको हिसाबले मात्र होइन, उद्यमशिलता र नवप्रवर्तनका लागि पनि यही विषय उपयोगी मानिन्छ । त्यसैले अहिले उच्च शिक्षामा व्यवस्थापन रोज्नेको घुँइचो छ । तर, यससँगै विद्यार्थीमा द्विविधा छ, कहाँ पढ्ने ? कसरी सही कलेज छनौट गर्ने ? यसको सही जवाफ पाउन कलेजको शैक्षिक इतिहास र उपलब्धीलाई केलाउनु उपयुक्त हुन्छ । दीगो एवं छरितो व्यवस्थापन, परिपक्क एवं रचनात्मक शिक्षक समूह, सम्पूर्ण आवश्यक शैक्षिक स्रोत, पठनमैत्री पूर्वाधार खोज्न जरुरी हुन्छ । यस्तै पृष्टभूमी खोजिरहेका विद्यार्थीहरुका लागि सही नाम हो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट ।

आखिर एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट नै किन त ?

यो विशुद्ध व्यवस्थापन पठनपाठन हुने थलो हो । यसले करिब अढाई दशक लामो शैक्षिक इतिहास बनाइसकेको छ । स्थापनाकालदेखि नै गौरवमय शैक्षिक नतिजा हासिल गर्दै आएको छ । बलियो व्यवस्थापनले दूरदृष्टिका साथ कप्तानी सम्हाल्दै आएको यस शैक्षिक संस्था पर्याप्त शैक्षिक स्रोत–साधनले सम्पन्न छ । अनुभवी, दक्ष र सिर्जनशिल शिक्षकहरुले हाँकेको यस कलेजबाट आजसम्म ६ हजार बढी विद्यार्थी दीक्षित भइसकेका छन् ।

विद्यार्थीको उद्यमशिलता, नेतृत्व, व्यवस्थापन सीप विकासका लागि कलेजले विविध कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।

विद्यार्थीको भविष्यप्रति उत्तरदायी रही सही ढंगले सिकाईका प्रक्रियालाई अगाडि बढाउने यस कलेजले अरुसँग प्रतिस्पर्धा होइन बरु सहयोग र सहकार्य गर्ने परिपाटी अंगालेको छ । यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहको पठनपाठन हुँदै आएको छ । कलेजले पोखरा विश्वविद्यालयको सम्बन्धनमा बिबिए, बिसिएसआइटी, बिबिए फाइनान्स, ग्लासगो क्यालेडोनियल विश्वविद्यालयको सम्बन्धनमा बिबिए कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै, यहाँ नातकोत्तरतर्फ एमबीए र ई एमबिए गर्न सकिन्छ ।

अनुभवी, दक्ष र सिर्जनशिल शिक्षकहरुले हाँकेको यस कलेजबाट आजसम्म ६ हजार बढी विद्यार्थी दीक्षित भइसकेका छन् ।

कलेजले विद्यार्थीलाई शैद्धान्तिक मात्र नभई प्रयोगात्मक ढंगले व्यवहारिक ज्ञान दिँदै आएको छ । साथै विद्यार्थीको उद्यमशिलता, नेतृत्व, व्यवस्थापन सीप विकासका लागि कलेजले विविध कार्यक्रम सञ्चालन गर्दैै आएको छ । त्यति मात्र नभएर विद्यार्थीलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, सेमिनारमा सहभागी गराउँदै आएको छ । विद्यार्थीको भविष्यप्रति सधैं उत्तरदायी रहने यस कलेजले राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीसँग सम्झौता गरेर रोजगारका लागि पहलसमेत गरिदिने गरेको छ ।

नेपालमै पहिलो पटक एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले विद्यार्थीमा भएको सीप तथा क्षमता अभिवृद्धि गर्न बिजनेश म्यानेजमेन्ट फेस्टिभलसमेत आयोजना गर्दै आएको छ । यो कलेजले विद्यार्थीको लगनशीलता र मिहिनेतलाई ध्यान दिँदै छात्रवृत्तिको व्यवस्था गरेको छ । विद्यार्थीको सिकाईको दायरा आयमिक बनाउने ध्येयले कलेजमा एस स्टार्ट अप, पाठ्यक्रमसँग मिल्ने विभिन्न क्लबमा विद्यार्थी आबद्ध रहेका छन् । विद्यार्थीलाई प्रतिस्पर्धात्मक बजारमा उतार्न नन् क्रेडिट कोर्सहरु समावेश गरेको छ । यस्तै उद्योगहरुको भ्रमण, उद्यमीहरुसँग छलफल गराउँदै कलेजले विद्यार्थीलाई बैंक, सरकारी एवं गैरसरकारी संस्था, उद्योगहरुमा रोजगारको अवसर मिलाइदिने गरेको छ ।

Logo