नेपालकै ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ भव्य रुपमा सम्पन्न

नेपालकै ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ भव्य रुपमा सम्पन्न

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजको आयोजनामा नेपालकै सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ भव्य रुपमा सम्पन्न भएको छ ।

२८ सेप्टेम्बर अर्थात् शनिबार भृकुटीमण्डपमा आयोजना हुने भनिएको उक्त कार्यक्रम काठमाडौं उपत्यकालगायत देशभर अविरल परेको वर्षाका कारण निम्तिएकाे विपत्तिका कारण सोमबार गरिएको हो ।

सोमबार सम्पन्न यस इभेन्टअघि नै विभिन्न १० वटा विधामा सव–इभेन्टहरु भइसकेका थिए। सोही विधाबाट सर्वोत्कृष्ट भएका कलेजहरुलाई सोमबार पुरस्कार पनि वितरण गरिएकाे थियो । जसमा ब्यान्ड प्रतियोगिताअन्तर्गत कान्तिपुर सिटी कलेज, नृत्य प्रतियोगिताअन्तर्गत बिनायक सिद्ध कलेज, फेशन शोअन्तर्गत साउथ वेस्टर्न, टीभीसी/डीभीसीअन्तर्गत एस इन्सिच्यिुट अफ म्यानेजमेन्ट, स्टक सिमुलेसनअन्तर्गत एस इन्सिच्यिुट अफ म्यानेजमेन्ट, स्ट्रेस इन्टरभ्यूअन्तर्गत किंग कलेज, क्विज प्रतियोगिताअन्तर्गत सेन्ट जेभियर्स, बहस प्रतियोगिताअन्तर्गत एस इन्सिच्यिुट अफ म्यानेजमेन्ट, फोटोग्राफीअन्तर्गत टेकअस्पायर, चित्रकलाअन्तर्गत सेन्ट जेभियर्स कलेजले जितेको थियो ।

इभेन्टमा राष्ट्रिय स्तरका कलाकारहरु अभिष्कार केसी, श्रिगो, पहेंलो बत्ती मुनी, शुसान्त घिमिरे, रचना दाहाल र जोन चाम्लिङ राईको विशेष पर्फर्मेन्सले स्टेज नै तताएको थियो भने विद्यार्थीहरु पनि सांगीतक माहोलमा झुम्मिएका थिए ।

यो इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक–फरक प्रतिस्पर्धा भएको थियो। यस कार्यक्रमले युवाहरुको प्रतिभा विकास गर्न र नवीनता र उत्कृष्टताको भावना जगाउने विश्वास आयोजकले लिएका छन् ।

Logo