नेपालमै अन्तर्राष्ट्रिय डिग्री दिलाउने उत्तम शैक्षिक गन्तव्य, प्रेसिडेन्सियल ग्रेजुएट स्कुल

नेपालमै अन्तर्राष्ट्रिय डिग्री दिलाउने उत्तम शैक्षिक गन्तव्य, प्रेसिडेन्सियल ग्रेजुएट स्कुल

केन्द्रबिन्दु
4.8k
Shares

काठमाडौं । अहिले विद्यार्थी भिषा बोकेर विदेशिने नेपाली विद्यार्थीको लस्कर सानो छैन। दिनहुँ सयौंको संख्यामा नेपाली विद्यार्थी ‘पढ्नका लागि’ भन्दै विदेशिँदै छन् । विदेशको वैभवले तानेर मात्र नभई अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने चाहले उनीहरुलाई त्यसतर्फ डोहोर्याएको पाइन्छ । जबकि नेपालमै पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षालिन सकिन्छ ।

यसको सर्वोत्तम विकल्प हो, प्रेसिडेन्सियल ग्रेजुएट स्कुल । यो शैक्षिक संस्था विश्वकै प्रतिष्ठित वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बद्ध छ । यसले नेपालमा वेस्टपिक्लफका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्छ ।

दिनहुँ सयौंको संख्यामा नेपाली विद्यार्थी ‘पढ्नका लागि’ भन्दै विदेशिँदै छन् ।

वेस्टक्लिफ युनिभर्सिटी कलेज अफ विजनेस प्रोगामहरु व्यवसायिक विद्यालय र कार्यक्रमका लागि विश्वव्यापी रुपमा मान्यता प्राप्त छन् । आधुनिक पठन पद्धती, नतिजामुखी कार्यक्रमसँगै यो गुणस्तरिय शिक्षाकालागि उत्कृष्ट मानक बनेको छ ।

आजको रोजगार बजारमा खपत हुने दक्ष जनशक्ति तयार गर्ने हेतुले यस काकार्यक्रमहरु डिजाइन गरिएका छन् । यहाँ पढेका विद्यार्थीले जीवनोपयोगी ज्ञान त आर्जन गर्छन् नै विश्वको रोजगार बजारमा आफूलाई उत्कृष्टताका साथ पेश पनिगर्न सक्छन् ।

विद्यार्थीले पढेका कुरालाई कसरी आफ्नो व्यवहारिक जीवनमा प्रयोग गर्न सक्छन् भन्ने लक्ष्यका साथ पठनपाठन गराउँदै आएको छ । यस शैक्षिक संस्थाले विद्यार्थीमा ज्ञान, सीपएवं क्षमता विकास गर्नका लागि आयमिक कार्यक्रमहरु सञ्चालन गर्छ । यसले उनीहरुलाई सुदूर भविष्यमा पूर्ण दक्षताका साथ काम गर्नका लागि उपयुक्त धरातल निर्माण गरिदिन्छ ।

यस शैक्षिक संस्थाले आजको युग सुहाउँदो र प्रतिस्पर्धी बजारले माग गर्ने विषयहरु पठनपाठन गराउँदै आएको छ । साइबर सेक्युरिटीदेखि एआईसम्मका विषयहरु यसले प्राथमिकता साथ समेटेका छन् । यस कलेजमा व्यवस्थापन र प्रविधिका उन्नत विषयहरु विद्यार्थीले छानीछानी पढ्न सक्छन् ।

गतिशिल व्यवस्थापन, प्रतिबद्ध शिक्षक समूहले हाँकेको यस कलेजमा विद्यार्थीलाई पठनपाठनका लागि आवश्यक सम्पूर्ण सेवा सुविधाउपलब्ध छन् ।

यहाँ स्नातकमा प्रविधितर्फ बिएस्सी आइटी इन सफ्टवेयर एन्ड वेभ डेभलपोपमेन्ट, बिएस्सी आइटी इन साइबर सेक्युरिटी, बिएस्सी आइटी इनएआई एन्ड मशिनलर्निङ, बिइएस्सी आइटी इन मल्टिमिडिया एन्ड एआर, भिआर मोबाइल गेम जस्ता विषय पठनपाठन हुन्छ । त्यस्तै व्यवस्थापन तर्फ बिबिए इन फाइनान्स, बिबिए इन मार्केटिङको पठनपाठन हुँदै आएको छ ।

गतिशिल व्यवस्थापन, प्रतिबद्ध शिक्षक समूहले हाँकेको यस कलेजमा विद्यार्थीलाई पठनपाठनका लागि आवश्यक सम्पूर्ण सेवा सुविधाउपलब्ध छन् । यहाँ पुस्तकालय, प्रयोगशाला देखि यातायात लगायत सुविधा छन् । विद्यार्थीमैत्री वातावरणमा यस शैक्षिक संस्थाले प्रयोगात्मक विधिबाट अध्ययपन गराउँदै आएका छन् । विद्यार्थीलाई सम्बन्धित विषयमा थप दक्ष बनाउनका लागि कलेजले भ्रमण, सेमिनार, गोष्टी, प्रोजेक्ट वर्क जस्ता गतिविधिमा सामेल गर्छ । अनुसन्धानमा आधारित रहेर प्रभावकारी ढंगले पठनपाठन गराउँछ ।

नेतृत्व क्षमता, उद्यमशिलता, नवप्रवर्तन, आविष्कारका क्षेत्रमा नेपालमात्र होइन, दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक संस्थाबन्ने लक्ष्यका साथ यस कलेजले बलियो र फराकिलो जगनिर्माण गर्दैछ ।

कलेजले विद्यार्थीलाई पठन पाठनमा मात्र जोड दिँदैन । उनीहरुको रुची, क्षमताअनुसार फरक क्षेत्रमा पनि उत्तिकै प्रोत्साहित गर्छ । खेलकुद, कला मनोरञ्जनमा विद्यार्थीलाई अग्रसर गराउँदै आएको छ ।

करिब डेढ दशकअघि स्थापना भएको प्रेसिडेन्सियलले पाठ्यक्रमबाहेक विद्यार्थीको सीप र दक्षतालाई निखार्न मनोविज्ञान, दीगो विकास जस्ता विविध अतिरिक्त विषयसमेत अध्यापन गराउँदै आएको छ । नेतृत्व क्षमता, उद्यमशिलता, नवप्रवर्तन, आविष्कारका क्षेत्रमा नेपालमात्र होइन, दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक संस्थाबन्ने लक्ष्यका साथ यस कलेजले बलियो र फराकिलो जगनिर्माण गर्दैछ ।

Logo