१५औं इक्यान शैक्षिक मेला सुरु, झुम्मिए विद्यार्थी

१५औं इक्यान शैक्षिक मेला सुरु, झुम्मिए विद्यार्थी

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १५औं संस्करणको ‘इक्यान मल्टी–डेस्टिनेसन एजुकेशनल फेयर–२०२४’ सुरु भएको छ । उक्त इक्यान शैक्षिक मेला बानेश्वरको एभरेष्ट होटलमा सञ्चालन भएको हो ।

आज एकदिन मात्र सञ्चालन हुने यो मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मद्दत पुगोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको हाे । विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सहि जानकारी र परामर्श दिनको लागि मेला आयोजना गरेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।

बिहान १० बजेदेखि सुरु भएकाे यो शैक्षिक मेला बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । यो मेलामा करिव १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता हुने अपेक्षा गरेको छ । अहिले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरू परामर्श दताहरुले राखेका स्टलमा आएर बुझ्ने क्रम जारी छ । मेलामा विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरुकाेसमेत सहभागिता रहेको इक्यानले जानकारी दिएको छ ।

अध्यक्ष भट्टराईका अनुसार मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि पुलको रूपमा स्थापित हुनेछ । मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेकाे इक्यानले जानकारी दिएको छ ।

विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने पनि अध्यक्ष भट्टराइले बताएका छन् । इक्यानले कोभिड– १९ पछि आयोजना गरेको यो पहिलो शैक्षिक मेला हो ।

Logo