काठमाडौं ।
गत वर्ष चीनको वुहानमा पहिलोपटक मानिसमा देखिएको कोरोना भाइरसका कारण विश्व अहिले आतंकित छ । कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित मध्ये एक क्षेत्र हो , शैक्षिकक्षेत्र । सामाजिक दुरी कायम गर्नु पर्ने यस महामारीका कारण भौतिक कक्षामार्फत पढाई लेखाइ गर्न हाल सम्भव छैन र यो कति लामो समयसम्म रहन्छ यकिन गर्न सकिने अवस्था पनि छैन । यसैबीच अनलाइन पढाईको अवधारणा नेपालमा पनि विकास हुँदै गर्दा मेंटर्स अनलाइन एजुकेसनले अनौपचारिक शिक्षाको डिजीटलाइजेसनमा एक प्रयास सुरु गरेको छ, मेडिकल तथा इन्जीनियरिङ्ग प्रवेश परीक्षा तयारी कोर्षलाई स्वदेशमा नै विकास गरिएको इलर्निङ्ग प्रणालीमार्फत घरमै बसी अध्ययन गर्न सकिने गरि आम विद्यार्थीहरुलाई उपलब्ध गराएर।
यस प्रणालीमा देशका लब्धप्रतिष्ठित प्राध्यापकहरुको सहयोगमा यस क्षेत्रका प्रख्यात शिक्षक तथा सुपरिचित लेखकहरु मार्फत लामो समयदेखिको अनुभव र अनुसन्धानका आधारमा विद्यार्थीको आवश्यकता र प्रवेश परीक्षा पाठ्यक्रमलाई ध्यानमा राखी कक्षाकोठामा भौतिक उपस्थितिमा अध्ययन गरेको अनुभूति हुने गरि तयार गरिएको रेकर्डेड श्रब्य दृश्य सामग्री, यथेष्ट अभ्यास सामग्री, पुनरावलोकन सामग्री लगात अन्य सामग्री राखिएको मेंटर्स अनलाइनका अध्यक्ष माधव पोख्रेल बताउँछन्।

कक्षा १२ परीक्षा पश्चात विज्ञान संकायका आम विद्यार्थीहरु मेडिकल तथा इन्जीनियरिङ्ग क्षेत्रमा आफ्नो भविष्य देख्दै सपना प्राप्तिको लागि प्रवेश परीक्षाको तयारीमा लाग्दछन् । यस प्रक्रियामा विद्यार्थी तथा अभिभावकलाई आआफ्नै चुनौतीहरु सामना गर्नु पर्ने हुन्छ । विगतमा काठमाडौँबाहिरका विद्यार्थीहरुलाई काठमाडौँ आइबसोबास तथा खानपिन व्यवस्थापन र अन्य व्यवहारिक व्यवस्थापन, समय र आर्थिक दुवै हिसावले चुनौतीपूर्ण थिए । घरबाट टाढा हुँदा विद्यार्थीलाई र अभिभावकलाई पर्ने मनोबैज्ञानिक पीडाका अलावा सामाजिक विकृति र कुलतको चिन्तालाई समेत नकार्न सकिंदैनथ्यो।
चाहे विगतको सामान्य अवस्थामा होस् , हालको नयाँ सामान्य अवस्था होस्, तयारी कक्षा जस्ता अनौपचारिक शिक्षाको एक उपयुक्त प्रभावकारी विकल्प हुनु आवश्यक थियो, त्यसैले मेन्टर्स अनलाइन एजुकेसनको जन्म भएको अध्यक्ष पोख्रेलको भनाइ छ । विद्यार्थीहरुका लागि अनलाइन तयारी कक्षाका नाममा धेरै विकल्पहरु उपलब्ध हुन सक्दछन् तर पाठ्यक्रमको विषयवस्तु, बिषय विज्ञ र अनुभव तथा प्राविधिक सहजीकरणका हिसावले नेपालमा नै मेडिकल तथा इन्जिनियरिंङ तयारीका लागि उत्कृष्ट प्रणाली तयार भएको निर्माणमा संग्लग्न संचालक विशाल तिमिल्सिना बताउँछन्।
मेडिकल तथा इन्जीनियरिङ्ग प्राविधिक क्षेत्रमा स्नातकतहमा सिमित भर्ना संख्या रहने हुँदा नेपालका हरेक विश्व विद्यालयहरुमा प्रवेश परीक्षा निकै प्रतिस्पर्धात्मक हुन्छ । उच्च माध्यमिकतहको अध्ययनमा सामान्यत विषयगत प्रश्नहरुको उत्तर दिने कौशल विद्यार्थीहरुले हासिल गरेका हुन्छन् तर प्राविधिक अध्ययनको प्रवेश परीक्षाहरुमा बहुउत्तर भएका प्रश्नहरु सोधिने हुनाले यसको फरक परिपूर्ति गर्नाका लागि र बहुउत्तर भएका प्रश्नहरुको समाधानको निम्ति प्रशिक्षण र कौशल निर्माण गर्ने गरि डिजिटल कोर्षको विकास गरिएकोले प्रवेश परीक्षा तयारीका लागि उत्कृष्ट विकल्प तयार भएको प्राडा हेमराज पन्त बताउँछन् । यसले समय र पैसाको बचत गर्दै लगनशील विद्यार्थीहरुका लागि ठूलो अवसर उपलब्ध भएको छ र यो निकै राम्रो अवधारणा यस क्षेत्रको ठूलो उपलब्धि हो, उनको भनाइ छ।
मेंटर्स अनलाइनमा प्राडा बिनोद पराजुली, प्राडा रामकुमार शर्मा, प्राडा भद्र पोखरेल, प्राडा हेमराज पन्त, प्राडा बिनोद भट्टराई, प्रोफेसरहरु डा सन्तोष घिमिरे, डा गणेश श्रेष्ठ लगाएत यसक्षेत्रका अनुभवि उत्कृष्ट अध्यापकहरु तथा सुपरिचित पुस्तकहरुका लेखकहरुले डिजिटल कोर्षको योजना, निर्माण, अनुगमन र समीक्षामा भूमिका खेल्नु भएको संचालक माधव रोस्याराले बताए।
नेपालका लागि नयाँ खालको सोच भएता पनि छिमेकी देश भारत लगायत अन्य देशहरुमा यस खालको प्रयोग अतिप्रभावकारी र सफल सिद्ध भैसकेका छन् । यस प्रकारको प्रयासले देशका जुनसुकै ठाउँबाट इन्टरनेटमार्फत विद्यार्थीले सुविधा लिन सक्दछन् , अर्का संचालक डिल्लीराज पाण्डेको भनाइ छ । विद्यार्थीले मेंटर्स अनलाइन एजुकेसनको वेबसाइट mentors.com.np मा गएर आफ्नो खाता खोलि आफूले तयारी गर्न लागेको कोर्ष प्राप्त गर्न सक्नेछन् ।





























प्रतिक्रिया