काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘यूके युरोप एड्मिसन डे २०२४’आयोजना गर्ने भएको छ ।
यही १३ नोभेम्बर अर्थात् कार्तिक २८ गते अल्फाबिटाले आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा ‘यूके युरोप एड्मिसन डे’ आयोजना हुन लागेको जानकारी दिएको हो ।
उच्च शिक्षाका लागि यूके वा युरोप जाने सोच बनाएका विद्यार्थीहरुलाई परामर्श लिनका लागि यो एड्मिसन डे निकै लाभदायी हुने विश्वास गरिएको छ । यो मेलामा युनिभर्सिटी अफ ग्रिनविच, युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ युरोप, युनिभर्सिटी अफ डुब्लिन, युनिभर्सिटी अफ प्लाइमाउथ, ग्रिफिथ कलेजलगायत यूकेका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधि सहभागी हुनेछन् ।
ती प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर यूके युरोपको शिक्षा नीति, भर्ना, छात्रबृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण जानकारी लिन सक्नेछन् ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने उक्त मेलामा युनिभर्सिटीका प्रतिनिधिसँग जिज्ञासा राख्दा कुनै शुल्क लाग्ने छैन । अल्फाबिटा विगत लामोसमयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत छ । यसले यूके-युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया