काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आयोजना गरेको ‘यूके युरोप एड्मिसन डे २०२४’ मा विद्यार्थीहरूको उत्साहपूर्ण रहेकाे छ ।
आज अर्थात् कार्तिक २८ गते अल्फाबिटाको आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा आयोजना भएको उक्त मेलामा यूके युरोप अध्ययन गर्न जान चाहने विद्यार्थीको बाक्लो उपस्थिति रहेकाे हाे।
उच्च शिक्षाका लागि यूके वा युरोप जाने सोच बनाएका विद्यार्थीहरुलाई परामर्श दिनका लागि यो एड्मिसन डेको अल्फाबिटाले आयोजना गरेको हो । विद्यार्थीहरूका लागि निकै लाभदायी मानिएको उक्त कार्यक्रमले विदेश अध्ययनका लागि जाने सोच बनाएकाहरूलाई थप मद्दत गरेको अल्फाबिटाले जानकारी दिएको छ ।

मेलामा युनिभर्सिटी अफ ग्रिनविच, युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ युरोप, युनिभर्सिटी अफ डुब्लिन, युनिभर्सिटी अफ प्लाइमाउथ, ग्रिफिथ कलेजलगायत युके र आयरल्याण्डका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधिकाे सहभागिता छ ।

उक्त प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर यूके युरोपको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा बुझेका थिए । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनमा हुने उक्त मेलामा युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीहरूले विभिन्न जिज्ञासा राख्दै त्यहाँको अवस्था बारे बुझेको हुन् । आयरल्याण्डका लागि छुट्टै शेसन पनि सञ्चालन भएको थियो ।

अल्फाबिटा विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत छ । यसले यूके–युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । विदेश अध्ययनको लागि जाने विद्यार्थीहरूको लागि पुल बन्दै आएको अल्फाबिटा नेपालको नम्बर वान परामर्शदाता संस्थाको रूपमा पनि परिचित छ ।


































प्रतिक्रिया