काठमाडौँ विश्वविद्यालयले ‘द अल्केमी २०२४’ आयोजना गर्दै

काठमाडौँ विश्वविद्यालयले ‘द अल्केमी २०२४’ आयोजना गर्दै

केन्द्रबिन्दु
222
Shares

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको केयुकंक क्लबले विद्यार्थी, शिक्षाविद्, उद्योगी, नेताहरू र आविष्कारकहरूलाई एकजुट गर्ने गरी प्रेरणादायी दुई दिने कार्यक्रम ‘द अल्केमी २०२४’ घोषणा गरेको छ ।

यो कार्यक्रमले नेपालमा केमिकल इन्जिनियरिङको भविष्यका बारेमा अन्तर्क्रिया गर्दै शिक्षा र उद्योगका केही उज्याला मस्तिष्कहरूलाई एकसाथ जुटाउँदै छ ।

सन् २०२४ को नोभेम्बर २८ र २९ मा काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अल्केमी २०२४ अन्तर्गत आयोजना हुने १० वटा कार्यक्रममा १ हजारभन्दा धेरै उत्साही सहभागीहरू भाग लिने अनुमान छ । जसमा २ सयभन्दा बढी उत्साही सहभागीहरू र ५ सयबढी लगनशील र प्रतिभाशाली विद्यार्थीहरू हुनेछन् । साथै करिब २० हजार व्यक्तिहरूले अनलाइन सामाजिक माध्यमबाट जानकारी र सूचना लिनेछन् ।

यस कार्यक्रमलाई थुप्रै चरणमा विभाजन गरिएको छ । मुख्य कार्यक्रममा पहिलो चरणमा शिक्षण–सिकाइका निम्ति तीनवटा वर्कशप आयोजना गरिएको छ । जसमा मशिन लर्निङ इन केमिकल इन्जिनियरिङ, ब्रेन टु ब्लक्सः डिजाइनिङ एण्ड थ्रिडी प्रिन्टिङ र अटोक्याड प्लान्ट थ्रिडी एसेन्सिएल १०२ रहेका छन् ।

दोस्रो चरणका प्रमुख कार्यक्रमहरूमा केमिकल इन्जिनियरिङमा प्यानल छलफलका साथै केमिकल इन्जिनियरिङका प्रमुख शैक्षिक र उद्योग विशेषज्ञहरूले प्रस्तुत गर्ने अन्तरदृष्टिपूर्ण टक शोबाट कार्यक्रम सुरु हुनेछ । उनीहरूले औद्योगिक क्षेत्रको विकास र सम्भावनाबारे छलफल गर्दै दिगो विकासमा यसको भूमिका र स्थानीय रूपमा सञ्चालित औद्योगिक आविष्कारहरूको भविष्यको बारेमा चर्चा गर्नेछन् ।

यस सत्रले विद्यार्थीहरूलाई उद्योग क्षेत्रको भविष्यमा अमूल्य दृष्टिकोणहरू प्रदान गर्ने उद्देश्य राखेको छ । कार्यक्रमले नेपालको अर्थतन्त्र र वातावरणलाई उपयुक्त हुने व्यावहारिक अनुप्रयोगहरूमा पनि मार्गदर्शन दिने छ ।

इनोभेसन शोकेस
दोस्रो दिनमा स्थानीय व्यवसायहरूका स्टलहरू, विद्यार्थीहरूको नेतृत्वमा रहेका परियोजनाहरू र नवप्रवर्तन पहलहरू सहितको आकर्षक प्रदर्शनी राखिएको छ ।

कम्पनी र ब्रान्ड स्टलहरूले विद्यार्थीहरूका लागि अन्तरक्रियात्मक अनुभवहरू, उत्पादन प्रदर्शनहरू र नेटवर्किङ अवसरहरू प्रदान गर्दछ । यी स्टलहरूले बृहत् दर्शकहरूलाई आकर्षित गर्छन्, विद्यार्थी–उद्योग नेटवर्किङ सहज बनाउँछन् र नवीनतम प्रविधिहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछन्।

कादम्बरी पत्रिकाको उद्घाटन कार्यक्रम
अल्केमी २०२४ ले केयुकंकको पत्रिका ‘कादम्बरी’को आधिकारिक उद्घाट पनि गर्नेछ । यो वार्षिक पत्रिका अनुसन्धानमूलक लेखहरू, शैक्षिक अन्तरदृष्टिहरू, रसायन विज्ञान र इन्जिनियरिङ विभागमा विद्यार्थी र संकाय दुवैको व्यक्तिगत दृष्टिकोणले भरिएको छ । काठमाडौँ विश्वविद्यालयभित्र शैक्षिक आदानप्रदान गर्ने लक्ष्यका साथ ‘कादम्बरी’ केमिकल इन्जिनियरिङ समुदायका लागि बहुमूल्य स्रोत बन्ने ठहर गरिएको छ ।

अकुष्टिक नाइट
दुई दिनको बौद्धिक आदानप्रदानपछि मनोरञ्जन र विश्राम प्रदान गर्ने मनमोहक प्रत्यक्ष प्रदर्शनहरू प्रस्तुत गर्दै अल्केमी २०२४ एक मनमोहक अकुष्टिक नाइटका साथ समापन हुनेछ । यस अन्तिम कार्यक्रममा विद्यार्थी र संकायले सांगितिक मनोरन्जन लिँदै अनौपचारिक रूपमा भेटघाट र कार्यक्रममा प्राप्त अन्तरदृष्टिका बारेमा छलफल गर्ने छन् ।

अल्केमी २०२४ ले काठमाडौँ विश्वविद्यालय सर्कल अफ नोबल केमिनियर्स (केयुकंक) का लागि महत्त्वपूर्ण कोसेढुङ्गा प्रतिनिधित्व गर्दछ । जसमा विद्यार्थीहरूले ज्ञान, प्रेरणा, नेटवर्किङ र सशक्तीकरण पाउनुका साथै शैक्षिक र औद्योगिक व्यक्तित्वहरू बीचको भविष्यको सहकार्यका लागि एक सुन्दर माध्यम बन्ने ठहर गरेको छ ।

Skip This
Skip This
Logo