द ब्रिटिस कलेजमा ‘टिबीसी करियर फेस्ट -२०२४’ सफलतापूर्वक सम्पन्न

द ब्रिटिस कलेजमा ‘टिबीसी करियर फेस्ट -२०२४’ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजमा ‘टिबीसी करियर फेस्ट –२०२४’ सफलतापूर्वक सम्पन्न भएको छ ।

ग्रोथ सेलर्सको सहकार्यमा कार्तिक ११ र १२ गते दुई दिन कलेजको प्राङ्गणमा सञ्चालन भएको करियर फेस्टमा ७५ भन्दा बढी कम्पनी सहभागिता थिए, जहाँ आइटी, हस्पिटालिटी, बैंक, सर्विस इन्डस्ट्रिजलगायतका सेक्टरहरुको उपस्थिति थियो ।

करियर फेस्टमा ९०० भन्दा बढी विद्यार्थीहरुले अवलाेकन गरेका थिए । द ब्रिटिस कलेजमा प्रत्येक वर्ष करिअर फेयर सञ्चालन हुँदै आएको छ । तर अघिल्ला वर्षहरुमा ब्रिटिस कलेजकै विद्यार्थीहरुको मात्रै सहभागी हुने गरेता पनि यस वर्ष भने देशभरका अन्य विभिन्न कलेजका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी मात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यका साथ फेस्टको आयोजना गरिएको कलेजले जनाएको छ ।

शिक्षित र सिपयुक्त युवाहरुलाई रोजगारी प्रदान गर्नका लागि करियर फेस्ट सञ्चालन गरेको ब्रिटिस कलेजका एक्जिक्युटिभ डाइरेक्टर महेन्द्र राज कँडेलले बताए । उनले कम्पनीहरुले प्रत्यक्ष अन्तरवार्ता लिएर रोजगारीको अवसर समेत प्रदान गरिने पनि जानकारी दिए ।

Skip This
Skip This
Logo