काठमाडौं । संस्कृति इन्टरनेशनल स्कुलले आयोजना गरेका छैटौँ मोडेल युनाइटेड नेसन्स (६.० एमयुएन)को दोस्रो दिन आज विभिन्न २० विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।
जीवनोपयोगी सीप तथा क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन भएको एमयुएनमा विद्यार्थीको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप हौसला प्रदान गरेकाे बताइएकाे छ ।

उक्त विद्यालयबाट सहभागी भएका विद्यार्थीको १५ वटा टिम बनाइ देश तथा विदेशमा भएका घटनालाई विषय बनाइ छलफल तथा सिकाइको प्रक्रियाहरू अगाडि बढाएको स्कुलका भाइस प्रिन्सिपल अमित मन्त्रीले जानकारी दिए । २० विद्यालयको मध्ये ६ वटा विद्यालय उपत्यका बाहिरको रहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा धनगढी, बिर्तामोड र पोखरा लगायतका ठाउँबाट ६० जना विद्यार्थीकाे सहभागी रहेको छ । आज कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न विषयमा बहस र अन्तर्क्रिया गरेको भाइस प्रिन्सिपल मन्त्रीले बताए । जसबाट उनीहरूमा वैश्विक दृष्टिकोणको विकास हुने अपेक्षा स्कुलले राखेको छ ।

भोलि (मंसिर १५ गते) सम्म आयोजना हुने यो कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्रीले विश्वास व्यक्त गरे ।

































प्रतिक्रिया