प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलकाे दोस्रो ‘इन्टरनेसनल कल्चरल गाला’ कार्यक्रम सम्पन्न

प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलकाे दोस्रो ‘इन्टरनेसनल कल्चरल गाला’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
852
Shares

ललितपुर । ललितपुरको सातदोबाटोमा अवस्थित प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलमा दोस्रो ‘इन्टरनेसनल कल्चरल गाला’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार स्कुलकै प्रांगणमा आयाेजित उक्त कार्यक्रममा विद्यार्थी, स्कुल परिवार र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणालीअन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पिवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबी डिपी) कार्यक्रम संचालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एकमात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले इन्टरनेसनल कल्चरल गालामा विभिन्न देशको संस्कृती, खाना, नाच र भाषालाई पस्कने काम गरेको थियो ।

प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलकी डाइरेक्टर पवित्रा लिम्बुले संसारभरको सांस्कुतिक विविधतालाई प्रवर्द्धन गर्नका लागि ‘इन्टरनेसनल कल्चरल गाला’ कार्यक्रम आयोजना गरेको बताइन् ।

यसैगरी प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलमा १५ भन्दा बढी देशका विद्यार्थीहरु अध्ययन गर्दै आएका कारण आफ्नो देशका साथैं अन्य देशको संस्कृतिलाई पनि उत्तिकै माया र प्रवर्धन गर्नका लागि ‘इन्टरनेसनल कल्चरल गाला’ कार्यक्रम गरेको स्कुलकी एकेडेमिक डाइरेक्टर प्रविना थापाले जानकारी दिइन् ।

कार्यक्रममा लाखे, हुर्रा, भाङ्ग्रा, ड्रयागनलगायत नाच देखाइएको थियो । नाचको प्रस्तुतिका साथै कार्यक्रममा स्थानीय स्वादको खानाका साथसाथै अन्तर्राष्ट्रिय स्तरको खानाका परिकारहरु चखाइएको थियो । कार्यक्रममा २ हजार भन्दा बढी विद्यार्थी, अभिभावक र स्कुल परिवारहरुको सहभागिता रहेको थियो ।

नेपालमा प्रिमियर इन्टरनेशनल स्कुलले सुरु गरेको आईबी शिक्षा विश्वकै लोकप्रिय कार्यक्रम हो। आईबीलाई उत्कृष्ट पाठ्यक्रम मानिनुका साथै साथै खोजमूलक शिक्षा भनेर पनि चिनिन्छ। आईबी शिक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै कार्यक्रम हुन्छ। आईबी शिक्षा ३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी दिइन्छ । आईबी शिक्षाले विद्यार्थीको व्यक्तिगत क्षमता बृद्धि, अध्ययन बढाउनु साथै आशावादी बनाउने र चुनौतीहरूको सामना गर्न सक्ने बताउने संस्थाको भनाइ छ।

Logo