काठमाडौँ । हेराल्ड कलेज काठमाडौँको वार्षिक दीक्षान्त समारोह होटेल याक एण्ड यतीमा सम्पन्न भएको छ ।
यसवर्ष कलेजबाट कूल ६२१ विद्यार्थीहरू दीक्षित भएका छन् । जसमा ४२८ स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् ।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धी र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।
यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएस्सी अनर्स कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ । उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुपअन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
आफ्नो मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताए । उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको धारणा राखे । अध्यक्ष बुढाथाकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।
समारोहमा हेराल्ड कलेज काठमाडौँको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयकी एन्जेला स्पेन्सले प्रशंसनीय भाषण दिइन् । एन्जेलाले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौँका सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।
‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोचअनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ’ स्पेन्सले भनिन् । साथै, स्पेन्सले उत्तीर्ण विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट उपलब्धीहरूको कदर गर्दै बधाइ दिइन् । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ ।





























प्रतिक्रिया