आइओएमलगायत विभिन्न संकाय र क्याम्पस प्रमुखको नियुक्ति नीति अधिवेशन पछि मात्रै

आइओएमलगायत विभिन्न संकाय र क्याम्पस प्रमुखको नियुक्ति नीति अधिवेशन पछि मात्रै

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लगायत विभिन्न ८ वटा संकाय र क्याम्पस प्रमुखको नियुक्ति नीति अधिवेशन पछि मात्रै गर्ने भएको छ ।

डिन र क्याम्पस प्रमुख नियुक्तिमा ढिलाइ भएको भन्दै चौतर्फी आलोचनाका बीच त्रिविका उपकुलपति प्रा.डा. केशर जंग बरालले नीति अधिवेशन पछि सम्पूर्ण संकायको डिन र क्याम्पका क्याम्पस प्रमुख नियुक्त हुने केन्द्रबिन्दुलाई जानकारी दिए । नीति अधिवेशन यही मंसिर २७ गते हुँदैछ ।

अहिले त्रिविका विभिन्न ८ वटा संकाय र १४ वटा क्याम्पस प्रमुख विहिन बनेको छ । पदाधिकारीहरूबीच भागबन्डा नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको आरोप लागेको बेला त्रिविका पदाधिकारीहरूले भने भागबन्डाको आरोप सत्य नभएको बताएका छन् ।

Logo