हल्ट प्राइज एट शंकर देव क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज एट शंकर देव क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
105
Shares

काठमाडौँ । काठमाडौँको पुतलीसडकस्थित शंकर देव क्याम्पसमा हिजो बुधबार हल्ट प्राइज एट शंकर देव क्याम्पसको अभिमुखीकरण कार्यक्रम क्याम्पसको हलमा विविध गतिविधिहरू गरेर सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गर्दै निमित्त क्याम्पस प्रमुख जोगेन्द्र गोहितले गरेका थिए।

कार्यक्रममा क्याम्पस निर्देशक सृष्टि न्यौपानेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्त्वपूर्णता बताउँदै सबैलाई स्वागत गरिन्। कार्यक्रममा हल्ट प्राइज नेपालका नेशनल कोअर्डिनेटर सुबी काफ्ले र नेशनल कम्युनिटी लिडर गरिमा श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

उनले हल्ट प्राइज नेपालका गतिविधिहरू र आगामी प्रतियोगिताबारे जानकारी दिँदै विद्यार्थीहरूले आफ्नो सामाजिक उद्यमिता यात्रामा कसरि अघि बढ्न सक्नेछन् भन्ने विषयमा प्रकाश पारिन् ।

निमित्त क्याम्पस प्रमुख गोहितले कार्यक्रमको महत्त्वमा चर्चा गर्दै यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा उत्साहको संचार गर्ने र भविष्यमा यसबाट लाभ लिन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा करीब ३५० विद्यार्थीहरूको उपस्थिति थियो। विद्यार्थीहरूले प्यानल डिस्कसनका वक्तासँग प्रश्नहरू सोधे र सामाजिक उद्यमको बारेमा गहिरो छलफल गरियो । यस बीचमा आकर्षक पुरस्कार वितरणको व्यवस्था गरिएको थियो, जसमा उपस्थित विद्यार्थीहरूले सामान्य ज्ञानको प्रश्नहरूको उत्तर दिई पुरस्कार जितेका थिए ।

Logo