काठमाडौं । कमलपोखरीमा अवस्थित इस्लिङटन कलेज र युकेको लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबीच कक्षा ११ र १२ का विद्यार्थीहरुको प्रमाणपत्र अनुमोदन गर्ने गरी समझदारी भएको छ ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच माई सेकेन्ड टिचरबाट पढ्ने विद्यार्थीहरुलाई निःशुल्क प्रमाणपत्र प्रदान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा लण्डन मेट्रोपोलिटन युनिभर्सिटीको तर्फ बाट स्कुल अफ कम्प्यूटिङ एण्ड डिजिटल मिडियाका डिन क्रिष्टोफर लेन, इस्लिङटन कलेजका कार्यबाहक सिईओ रोहित पाण्डे, तथा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा इनोभेट नेपाल ग्रुप (आइएनजी) र इस्लिङटन कलेजका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने– ‘राज्यको करिव शुन्य प्रतिशत लगानी रहेको आईटी क्षेत्र राष्ट्रिय आम्दानी टुरीजमभन्दा बढी हुने तर्फ उन्मुख छ । हामीले युवाहरुलाई देशमै बस्ने वातावरणको सिर्जना गरी आईटी क्षेत्रमा संलग्न गराई देशको कायापलट गर्न सक्ने छौं । अझ त्यसमा विशेषगरी कम्प्यूटर साइन्स पढेका विद्यार्थीले निःशुल्क रुपमा युकेको पव्लिक युनिभर्सिटी, लण्डन मेट्रापोलिटन युनिभर्सिटीले अनुमोदन गरेका ग्लोबल सर्टिफिकेट पाए पछि आईटी क्षेत्र अझै सबल बन्ने छ ।’

लण्डन मेट्रोपोलिटन युनिभर्सिटीले माई सेकेन्ड टिचरबाट पढ्ने कक्षा ११ र १२ का कम्प्यूटर साइन्स पढ्ने विद्यार्थीहरुलाई प्रमाणपत्रको अनुमोदन प्रदान गरेको हो । यसले युवाहरुलाई आईटी क्षेत्रमा लगाव बढाउने र देशमै बसेर यस क्षेत्रमा स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।






























प्रतिक्रिया