इस्लिङ्टन कलेजकाे दिक्षान्त समारोह सम्पन्न

इस्लिङ्टन कलेजकाे दिक्षान्त समारोह सम्पन्न

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

विद्यार्थीहरूका लागि दिक्षान्त समारोह वर्षौँको अध्ययनबाट व्यावसायिक जीवनमा प्रवेशको प्रतीक हो, जहाँ उनीहरूले प्राप्त गरेका ज्ञान र सीपहरूले उनीहरूको भविष्य निर्माणमा सहयोग गर्नेछ ।

समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) विज्ञापन र मार्केटिङ, र बीए (अनर्स) इभेन्ट्स र टुरिजम म्यानेजमेन्टका कुल ७५० जना विद्यार्थी सहभागी भएका थिए भने स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ६४ जना विद्यार्थी दिक्षीत भएका थिए । समारोहमा बिजनेस विषय र आइटि विषय पूरा गर्ने विद्यार्थी गरी कुल ८१४ विद्यार्थी दिक्षित भएका थिए ।

वार्षिक दिक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति र प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।
यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति लक्षिना बज्राचार्य र कुशल कार्कीेलाई प्रदान गरिएको छ, जसका कुल रकम १.५ करोडभन्दा बढी हुने गर्दछ । यसले ट्यूशन शुल्क, बस्ने खर्च र दुईतर्फी हवाई भाडा जस्ता खर्चहरुमा सहयाेग गर्दछ ।

यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति निश्चल आचार्य र सुजल तुलाधरलाई प्रदान गरिएको छ । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।

यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

इस्लिङ्गटन कलेजले २८ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय साझेदारी, उच्चस्तरीय शैक्षिक कार्यक्रम र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक संसारमा सफल बनाउने सीप र ज्ञान प्रदान गर्न प्रतिबद्धता कलेजको विशेषता हो ।

Logo