काठमाडौं । क्लिक इन्टरनेसनल एजुकेसन, काठमाडौंले अर्घाखाँचीमा विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मालारानी गाउँपालिका वडा नं ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
तीन वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई गाउँपालीका अध्यक्ष दलबहादुर भट्टराईमार्फत ट्रयाक सुट सेट वितरण गरिएको हो । किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो कपडा प्रदान गरिएको हो ।
विभिन्न स्कुलमा भएको कपडा वितरण कार्यक्रममा जनप्रनिधि, विद्यालय व्यवस्थापन समिति शिक्षक, अभिभावक संघ, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया