काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले अब बन्ने शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई सकारात्मक रुपमा हेरिनुपर्ने माग राखेका छन् ।
इक्यानको १९औं वार्षिक साधारणसभाका क्रममा अध्यक्ष भट्टराईले शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्ने बताएका हुन् । उनले शिक्षाको बदलिँदो परिस्थितीमा वैदेशिक शिक्षामा सारथी बन्ने विभिन्न संघसंस्थाका लागि भिन्नै ऐन र नियमावली बन्न आवश्यक भएको बताए ।
उनले भने ‘अब बन्ने शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई सकारात्मक रुपमा हेरिनुपर्छ । त्यति मात्रै होइन शिक्षाको यो बदलिँदो परिवेशमा वैदेशिक शिक्षा र नेपालको शैक्षिक गन्तव्य बन्न सक्ने सोच र हामी एजुकेसन कन्सल्टेन्सीको भूमिकालाई पनि हामी शैक्षिक परामर्श क्षेत्रको बेग्लै ऐन र नियमावली आवश्यक भएको कुरालाई इक्यानले अगाडी बढाई सकेको छ ।’





























प्रतिक्रिया