काठमाडौँ । शैक्षिक परामर्श व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र बरालले शैक्षिक परामर्श संघसंस्था र शैक्षिक परामर्श संघहरू महासंघको तयारीमा रहेको बताएका छन् । काठमाडौँमा आयोजित इक्यानको कार्यक्रममा बोल्दै बरालले आफू महासंघको तयारीमा रहेको बताएका हुन् ।
उनले भने, ‘महासंघ घोषणा भइसकेपछि कस्तो होला भन्ने तपाईँलाई उत्सुकता हुन सक्छ । स्वाभाविक हो । हामी २१ सदस्यीय कार्यसमिति महासंघ बनाउँदै छौँ । २१ कार्यसमिति महासंघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रदेशको हिसाबले उपाध्यक्षहरू, महिला उपाध्यक्षहरू र एसोसिएट उपाध्यक्ष रहने छन् । त्यसैगरी, वस्तुगत उपाध्यक्ष र जिल्ला समूह उपाध्यक्ष, त्यसपछि महासचिव, सचिव र विशिष्ट कोषाध्यक्ष, विशिष्ट सदस्य गरी हामी २१ कार्य समिति बनाउँदै छौँ ।’’
उनले अगाडि भने, ‘२१ सदस्यीय कार्यसमितिमा २५ प्रतिशत वस्तुगत संघ जो अहिले असोसिएट हुनुभएको छ, त्यहाँबाट ५० प्रतिशत सदस्य कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी २५ प्रतिशत १ करोडभन्दा माथिका कम्पनीहरूले असोसिएट लिड गर्नेछन् । जिल्ला संघहरू जहाँ रहन्छ त्यहाँबाट सुरुवात हुन्छ । २१ सदस्यीय कार्यसमिति बन्नेछ । अनि प्रदेश समिति बन्नेछ, त्यसपछि जिल्ला समिति बन्नेछ ।’
एकजुट भएर अगाडि बढ्नका लागि महासंघको आवश्यकता रहेको भन्दै उनले भने, ‘संगठन के हो ? संगठन बल हो । संगठन एकता हो । आज एकता दिवस पनि हो । पृथ्वीनारायण शाहले २४ राज्यलाई गोरखाबाट शुरुवात नगरेको भए आज नेपाल भन्ने रहन्थ्यो होला ? त्यसैले महासंघ हुन आवश्यक रहेको छ ।’
उनले आफूले आवाज उठाएपछि बनेको कानुनले आज ९२४ वटा कम्पनी शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भएर सञ्चालन भइरहेको बताए । त्यसैगरी, ७ वटा प्रदेशमा ३०० को हाराहारीमा सामाजिक विकास मन्त्रालयबाट स्वीकृति प्राप्त भएका कम्पनीको सञ्चालन भइरहेको उनले बताए ।





























प्रतिक्रिया