अल्फाबिटाद्वारा आयोजित ‘अस्ट्रेलिया एड्मिसन डे, २०२५’ सम्पन्न, ३ सय बढी विद्यार्थी भए सहभागी

अल्फाबिटाद्वारा आयोजित ‘अस्ट्रेलिया एड्मिसन डे, २०२५’ सम्पन्न, ३ सय बढी विद्यार्थी भए सहभागी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको ‘अस्ट्रेलिया एड्मिसन डे, २०२५’ कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलिया अध्ययनको लागि जान चाहने विद्यार्थीहरूको उल्लेखिय सहभागिता सहित यो मेला सम्पन्न भएको हो ।

एकदिने उक्त कार्यक्रममा करिव ३०० विद्यार्थीहरूले सहभागिता जनाएको अल्फाबिटाले जानकारी दिएको छ । कार्यक्रम अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरस्थित केन्द्रीय भवनमै यो मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।

मेलामा द युनिभर्सिटी अफ सिड्नी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, म्याक्वेरी युनिभर्सिटी, युनिभर्सिटी अफ साउथर्न क्वीन्सल्याण्ड, एजुकेसन सेन्टर अफ अष्ट्रेलिया, नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडीज (न्याप्स), आईसीएमएस, चाल्र्स डार्विन युनिभर्सिटीलगायत अस्ट्रेलियन शिक्षण संस्थाका प्रतिनिधिको सहभागिता जनाएका थिए ।

सो अवसरमा उक्त प्रतिनिधिसँग प्रत्यक्ष भेटेर उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरूले त्यहाँको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा जानकारी दिएको थियो ।

अल्फाबिटा विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत छ । यस कन्सल्टेन्सीले विभिन्न शीर्षकमा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ । अष्ट्रेलियाका अलावा यूके–युरोप, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई पनि शैक्षिक परामर्श सेवा प्रदान गर्दछ ।

Logo