बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा साइग्रेस

बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा साइग्रेस

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्श दाता बिग एजुकेशन कन्सल्टेन्सीले ‘कथावाचक’साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेसडर साझेदारीको घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’साइग्रेसले ब्रान्ड एम्बेसडरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरेलले सहि र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली विद्यार्थीहरुले दुःख पाइरहेको भन्दै सही मार्गनिर्देशन गर्दै महत्वपूर्ण जिम्मेवारी पूरा गर्न बिग एजुकेशन कन्सल्टेन्सीलाई आग्रह गरे ।

साथै उनले बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरका रुपमा आफूले साझेदारी गर्न पाउँदा निकै खुसी लागेको बताए ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले बिग एजुकेशन कन्सल्टेन्सीले स्थापनाकालदेखि नै विद्यार्थी अभिभावकसँग कसरी कनेक्ट हुनुपर्छ र आफूले उनीहरुको हकहितका लागि के के गर्नु पर्छ भन्ने कुरा प्रमाणित गरिसकेको बताए । यस कन्सल्टेन्सीले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई प्रभावकारी रुपमा परामर्श दिँदै आएको उनको दाबी थियो ।

साथै उनले बिग एजुकेशन कन्सल्टेन्सीका कारण आज नेपालबाट बाहिर जाने विद्यार्थीको उपस्थिति सकारात्मक रहेको पनि जनाए ।

यस्तै, बिग एजुकेशन कन्सल्टेन्सीकी म्यानेजिङ डाईरेक्टर शर्मिला केसीले नयाँ ब्रान्ड एम्बेसडर साइग्रेस पोखरेलसँगको सहकार्यको औपचारिक घोषणा गर्दै यो एक ऐतिहासिक यात्राको प्रारम्भ भएको बताएकी छिन् । यो यात्राले कन्सल्टेन्सी र साइग्रेसबीचको सम्बन्ध बलियो हुने र शिक्षाको क्षेत्रमा परिवर्तन ल्याउन बाटो तय गर्ने उनको विश्वास छ ।

उनले भनिन्– ‘हामी विश्वास गर्छौ कि, साइग्रेस पोखरेलज्युको प्रेरणादायी नेतृत्व र बिग एजुकेशन लक्ष्यबीचको तालमेलले हजारौं विद्यार्थीको सपना पुरा गर्न र उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

Logo