अल्फाबिटाको १२औं शाखा ललितपुरकाे एभिन्यू ८८ मलमा

अल्फाबिटाको १२औं शाखा ललितपुरकाे एभिन्यू ८८ मलमा

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाको १२औं शाखा ललितपुरस्थित एभिन्यू ८८ मलको चौथो तल्लामा खुलेको छ ।

शुक्रबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा अल्फाबिटाको १२औं शाखा उद्दघाटन गरिएको हो । यसका साथै कार्यक्रममा विशेष अतिथीका रुपमा डेप्युटी हेड अफ मिसन अष्ट्रेलियन एम्बेसी नेपालका ग्रेग क्लेम र नेदरल्याण्डका परामर्शदाता दीपक सापकोटालगायत अल्फाबिटा परिवारको बाक्लो उपस्थिती रहेको थियो ।

साे अवसरमा अल्फाबिटाका अध्यक्ष द्विराज शर्माले नयाँ शाखा विस्तारले अझै धेरै विद्यार्थीहरुलाई सेवा दिन सक्षम बनेको बताए । उनले ललितपुरमा रहेका ब्रिटिस स्कुल, युलेन्स, लिंकन, युनाइडेट एकेडेमीको उदाहरण दिँदै शैक्षिक परामर्शका लागि अल्फाबिटाको ढोका सधैं खुल्ला रहेको पनि बताए ।

नयाँ शाखामा शैक्षिक परामर्शका साथै, इङ्लिस र जापानिज टेष्ट सेन्टरलगायत परामर्शसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुने शाखा प्रमुख बन्दना राणाले जानकारी गराइन् । शाखा उद्दघाटन अहिले भएता पनि नियमित कक्षा भने माघ १९ अर्थात फेब्रअरी १ देखि सञ्चालन हुने उनकाे भनाइ छ ।

यसका साथै डेप्युटी हेड अफ मिसन अष्ट्रेलियन एम्बेसी नेपालका ग्रेग क्लेमले अस्ट्रेलियन सरकार नेपाली विद्यार्थीलाई सधैं न्यानो स्वागत गर्दै आएको र आगामी दिनमा पनि गर्नेमा प्रतिवद्धता जनाए । उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध सधैं मित्रवत् रहेको पनि उल्लेख गरे ।

अल्फाबिटाले अन्तर्राष्ट्रियस्तरको डिग्री प्राप्त परामर्शदाताबाट सेवा दिँदै आइरहेको छ । तीन दशक भन्दा बढी समयदेखि परामर्शदाताका रुपमा अग्रणी अल्फाबिटाको भिषा सक्सेस रेट निकै राम्रो रहेको छ ।

Logo