अप्टिमस ग्लोबलकोे ब्राण्ड एम्बेसडरमा अनिल कुमार शाह नियुक्त

अप्टिमस ग्लोबलकोे ब्राण्ड एम्बेसडरमा अनिल कुमार शाह नियुक्त

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान अनिल कुमार शाहलाई अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच शाहलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईकाे उपस्थितिमा अप्टिमस ग्लोबल एजुकेशन कन्सल्टेसीको तर्फबाट कन्सल्टेन्सीका अध्यक्ष असिम मैनाली र क्रिकेटर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

ब्राण्ड एम्बेसडरमा नियुक्त भएसँगै शाहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा म धेरै नै खुसी भएको छु । मलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकामा धन्यवाद व्यक्त गर्न चाहन्छु । खेल र शिक्षा कतै न कतै जोडिएको छ । कुनै पनि देशमा गएर खेल्दाखेरी एकदमै सपोर्ट पाउँछौं । जहाँ ८० देखि ९० प्रतिशत विद्यार्थीहरु सपोर्ट गरिरहेको हुन्छन् ।’

साथै उनले खेलाडीहरुलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गर्दा आर्थिक सहयोगका साथै करियरमा बुस्ट भइरहेको पनि बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका इक्यानका अध्यक्ष भट्टराईले अप्टिमस ग्लोबल एजुकेशन कन्सल्टेन्सीले वैदेशिक अध्ययमा जाने विद्यार्थीलाई सहि ढंगले परामर्श दिँदै आएको र अनिल साहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेर शिक्षा र खेललाई जोड्न नयाँ अध्याय सुरु गरेको बताए ।

त्यस्तै, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले अप्टिमस ग्लोबल एजुकेशन कन्सल्टेन्सी र अनिल साहबीचको सहकार्य कोशेढुंगा सावित हुने विश्वास रहेको बताए ।

Logo