आइएसटी सेकेण्डरी स्कुलमा अध्ययनरत ८२ विद्यार्थीलाई प्राविधिक प्रमाणपत्र प्रदान

आइएसटी सेकेण्डरी स्कुलमा अध्ययनरत ८२ विद्यार्थीलाई प्राविधिक प्रमाणपत्र प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

टुरिजम र होटल म्यानेजमेन्ट शिक्षा क्षेत्रमा नेपालकै उत्कृष्ट इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट अन्तर्गत आइएसटी सेकेण्डरी स्कुल र टुरिजम स्कुल साल्जवर्ग अष्ट्रियाले संयुक्त रुपमा आइएसटी सेकेण्डरी स्कुलमा अध्ययनरत ८२ विद्यार्थीहरुलाई एक कार्यक्रमबीच प्राविधिक प्रमाणपत्र वितरण गरेको छ ।

काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आइएसटी कलेजमा आयोजना गरिएको कार्यक्रममा आइएसटी सेकेण्डरी स्कुलका प्लस टुमा अध्ययनरत विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आइएसटी कलेजका सिईओ नरेन्द्र बज्राचार्यले स्कुलले विगतका वर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको बताएका छन् । यस बर्ष कोरोना महामारीको बीचमा पनि विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि अनलाइन मार्फत नै शिक्षण सिकाइ प्रक्रिया पुरा गरिएको र प्राविधिक प्रमाणपत्र प्रदान गर्न सफल भएको उनले बताए । अब चाडै विद्यार्थीहरुलाई भौतिकरुपमा नै उपस्थित गराएर कक्षाहरु सञ्चालन गर्ने तयारी रहेको छ ।

त्यस्तै, आइएसटीले आधुनिक प्रविधिमार्फत उत्कृष्ट व्यवस्थापन टिमका साथ अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापन गराईरहेको स्कुलले न्यूनतम मूल्यमा यूरोपियन डिग्री प्रदान गरिरहेको तथा प्लस टु र ब्याचलर लेभलको अध्ययन अध्यापन गराउँदै आएको सिइओ बज्रचार्यले बताए । त्यति मात्र नभएर आइएसटी स्कुलले विद्यार्थीको व्यक्तित्व विकासमा पनि उतिकै महत्व दिंदै दुवै एकेडेमिक र व्यवहारिक ज्ञानको समेत कम्बिनेशन गराइरहेको र कलेजमा अध्ययन गर्ने विद्यार्थीले नेपालको मात्र नभएर अस्ट्रियाको होटल म्यानेजमेन्ट डिग्रीको सर्टिफिकेटसमेत पाइरहेको उनकोे भनाइ छ ।

त्यस्तै, कलेजका निर्देशक तेजबहादुर ढकालले आइएसटी कलेज साल्जवर्ग युनिर्भसिटी अफ अपलाइड साइनस अस्ट्रियाबाट सम्बन्धन प्राप्त कलेज रहेको बताए । नेपालमै आमाबाबासँग बसेर अध्ययन गरि यस कलेजले अन्तर्राष्ट्रिय डिग्री उपलब्ध गराउँदै आएको उनले उल्लेख गरे ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले रोजगारीको लागि भौंतारिनु नपर्ने बताउँदै अध्ययन गरेर बाहिर गएका १ हजार ५२५ विद्यार्थीहरु अहिले पनि देशभित्र तथा विदेशका ५ स्टार होटलहरुमा कार्यरत रहेको उनले बताए । त्यस्तै, कलेजबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरुले नेपाल र विदेशका उत्कृष्ट विश्वविद्यालय र अन्य विभिन्न हस्पिटालिटी क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरिरहेको उनको भनाइ छ ।

त्यस्तै टुरिजम स्कुल साल्जवर्गका कार्यकारी निर्देशक प्रोफेसर लियोनार्ड वोरन्डलले आफ्नो भिडियो सन्देश दिदै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । साथै टुरिजम स्कुल साल्जवर्गको अन्तर्राष्ट्रिय सहकार्यहरु मध्ये आईएसटीसँगको सहकार्य सबैभन्दा राम्रो र विश्वसनिय भएको उल्लेख गरेका थिए ।

त्यस्तै, कलेजकी प्रिन्सिपल सम्झना बस्नेतले कलेजले अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी एजुकेशन दिइरहेको बताइन् । गतवर्ष कोरोना महामारीका कारणले शिक्षा क्षेत्रमा अकल्पनिय क्षति हुँदा पनि साल्जवर्ग युनभर्सिटीको सहगोगमा चुस्तरुपमा अनलाइन कक्षाहरु सञ्चालन गरेर प्लस टु का विद्यार्थीहरुलाई दीक्षित गर्ने अवस्थामा आएको बताइन् ।

कलेजका विद्यार्थीलाई व्यवहारिक, म्यानेजरियल र उत्कृष्ट कम्युनिकेशन स्किलको विकास गराउँदै आएको पनि उनले बताइन् । क्वालिटी एजुकेसनकै कारण यो कलेज हरेक वर्ष उत्कृष्ट घोषितसमेत हुँदै आएको उनको भनाइ छ । कार्यक्रममा प्लस टु का सर्वोत्कृष्ट तीन जनालाई सम्मान समेत गरिएको छ । प्लस टुमा प्रथम स्थान हासिल गर्ने रिमा लोप्चन, द्वितीय स्थान हासिल गर्ने इशान उप्रेती र तृतीय स्थान हासिल गर्ने छिरिङ शेर्पालाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा स्नातक तहमा अध्ययनरत दुई विद्यार्थी पूजा सिलवाल र दिपेश उप्रेतीले प्लस टु देखि स्नातक तहसम्म आइएसटीमा अध्ययन गर्दाको अनुभव तथा प्राप्त गरेका ज्ञान सीपको बारेमा सुनाएका थिए ।

 

Logo