काठमाडौं । युनाइटेड एकेडमीले प्रविधि र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘युनाइटेड रोबो फेस्ट ३.०’ आयाेजनाको घोषणा गरेको छ ।
यो रोमाञ्चक कार्यक्रमले इन्टर-स्कूल रोबोटिक्स प्रतियोगिता र विज्ञान प्रदर्शनी समेट्नेछ, जहाँ कक्षा ९ देखि स्नातक तहका विद्यार्थीहरूले आफ्ना प्रविधि सम्बन्धी सीप तथा सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनेछन्।
नेपालका उत्कृष्ट प्लस टु कलेजहरूमध्ये एक युनाइटेड एकेडमी शिक्षामा सैद्धान्तिक र व्यावहारिक पक्षलाई सन्तुलित बनाउँदै विद्यार्थीहरूलाई उत्कृष्ट बनाउन सक्रिय छ। युनाइटेड रोबो फेस्ट ३.० को आयोजना मार्फत विद्यार्थीहरूलाई आफ्ना विचारहरूलाई वास्तविकतामा बदल्ने प्रेरणा दिने उद्देश्य राखिएको छ।
कार्यक्रमका मुख्य विशेषताहरूमा पहिलाे, रोबोटिक्स तथा प्रविधिमा आधारित चुनौतीपूर्ण खेलहरू, जसले विद्यार्थीहरूको सीप परीक्षण गर्नेछ। यसैगरी प्लस टु तहका विद्यार्थीहरूद्वारा निर्माण गरिएका २० नवीनतम रोबोटिक्स मोडेलहरू प्रदर्शनीमा रहनेछन्, जुन विशेष रूपमा सुरक्षा र सुरक्षितताका विषयमा केन्द्रित छन्।
कार्यक्रममा कक्षा ९ देखि स्नातक तहका विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, र गणित क्षेत्रमा आफ्नो दक्षता देखाउन सक्नेछन्।
साथै कार्यक्रममा सहभागिता जनाउने विद्यार्थीहरूले अत्याधुनिक रोबोटिक्स मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। रोबोटिक्स तथा प्रविधिमा रुचि राख्ने युवाहरूका लागि यो उत्कृष्ट सिकाइको अवसर पनि हुनेछ।





























प्रतिक्रिया