इन्लाइटनको ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ कार्यक्रम सम्पन्न

इन्लाइटनको ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले आयोजना गरेको ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ कार्यक्रम सम्पन्न भएको छ । विदेश जाने विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यका साथ इन्लाइटनले आयोजना गरेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

बागबजारस्थित इन्लाइटनको केन्द्रिय आयोजित एक दिने ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रमबाट अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूएसए, यूके र क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि आवश्यक परामर्श दिइएको छ ।

सो कार्यक्रममा सोही देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रही परामर्श दिइएको इन्लाइटन इन्टरनेसनल एजुकेशनका कार्यकारी अध्यक्ष दिपक राज भुसालले जानकारी दिए । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूको चाहनालाई मध्यनजर गरी गरेको यो कार्यक्रमले विदेशी विश्वविद्यालय र त्यहाँको अवस्था थाहा पाउनका निकै मद्दत गरेको छ ।

‘हामी बजारमा एउटा विश्वासिलो शैक्षिक परामर्श संस्था रूपमा छौं, उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी सञ्चालन भएको यो कार्यक्रम निकै उपयोगी भएको महसुस गरेका छौं,’ उनले भने ।

भुसालका अनुसार इन्लाइटनले आगामी दिनमा पनि यस्तो कार्यक्रमको आयोजना गर्ने छ । ५ वटा देशका विश्वविद्यालयका प्रतिनिधि सहभागी रहेको यस कार्यक्रममा विद्यार्थीलाई त्यहाँका कलेज र विश्वविद्यालयको प्रत्यक्ष जानकारी दिइएको थियो ।

यस्तै, यो कार्यक्रमले विद्यार्थीलाई विदेशी विश्वविद्यालय छनोट र बुझ्नको लागि निकै सहज बनाएको इन्लाइटनकी कार्यकारी निर्देशक सिता भट्टराईले बताइन् । उनका अनुसार इन्लाइटनले उच्च शिक्षाको लागि विदेश गएर पढ्न चाहने विद्यार्थीहरूको सहजताको लागि यस्ता थुप्रै कार्यक्रमको आयोजना गरिसकेको छ ।

कार्यक्रममा विद्यार्थीले निःशुल्क शैक्षिक परामर्श पाएका थिए । विदेश अध्ययनमा जान चाहने, बुझ्ने सो कार्यक्रममा विद्यार्थीको उल्लेखिय उपस्थिति थियो । कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुलाई इन्लाइटनले परामर्शसँगै रिचार्ज कार्ड, मुभी टिकट र गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको थियो ।

साढे एक दशकदेखि विदेश बढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विदेश पढ्न जान चाहने विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

Logo