अल्फाबिटामा ‘युएसए एड्मिसन डे, २०२५’ आयोजना, सहभागी हुनेले ५० प्रतिशतसम्म छुट पाउने

अल्फाबिटामा ‘युएसए एड्मिसन डे, २०२५’ आयोजना, सहभागी हुनेले ५० प्रतिशतसम्म छुट पाउने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले ‘युएसए एड्मिसन डे, २०२५’ आयोजना गरेको छ ।

विद्यार्थीहरूलाई अमेरिकाको उच्च शिक्षा र भिसा प्रक्रियाको बारेमा जानकारी दिन र उनीहरूको सपना साकार पार्न मद्दत गर्ने उदेश्यका साथ यही फेब्रुअरी १५ मा एड्मिसन डे आयोजना गरिएको हो।

अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरस्थित केन्द्रीय भवनमै आयोजना हुने यस शैक्षिक कार्यक्रम विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । अमेरिकाका १० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिको सहभागीता रहने यस कार्यक्रममा निःशुल्क भिसा इन्टरभ्यू तयारी सत्र, यसको नयाँ अपडेटलगायतबारे जानकारी लिन सकिनेछ ।

यो कार्यक्रम विद्यार्थीहरूले अमेरिकाको उच्च शिक्षा र भिसा प्रक्रियाको बारेमा प्रत्यक्ष जानकारी प्राप्त गर्ने र आफ्नो भविष्यको योजना बनाउने एक उत्तम अवसर हो । कार्यक्रममा अमेरिकी विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गरेर आफ्नो प्रश्नहरूको जवाफ पाउन सक्नेछन् ।

साथै एड्मिसन डेमा सहभागी हुने विद्यार्थीहरूले प्रोसेसिङ शुल्कमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

अल्फाबिटा विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत छ । यस कन्सल्टेन्सीले विभिन्न शिर्षकमा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ ।

Logo