बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना

बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका छन् ।

उनीहरुले गत फागुन ८ गते नेकपा एमाले केन्द्रीय कार्यालयमा पार्टि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउँदै प्रगतिशिल विवाह गरेका हुन् ।

गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋनको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि अक्षयकोषको स्थापना गरेको बताए ।

यसैबीच गिरीले प्युठान नारिकोट स्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोषको स्थापना गरेका छन् । सो विद्यालयबाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए ।

उक्त अक्षयकोषबाट प्रत्यक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिइने छ ।

Logo