ललितपुर । कुमारीपाटीस्थित युनाइटेड एकेडेमीले आयोजना गरेको ‘युनाइटेड रोबो फेस्ट ३.०’ सफलतापूर्वक सम्पन्न भएको छ ।
विद्यार्थीहरूको रोबोटिक्समा रुची अभिवृद्धि गर्ने र त्यस क्षेत्रमा उनीहरूले हासिल गरेको दक्षता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उदेश्यले एकेडेमीको प्रागंणमा आयोजित रोबो फेस्ट सम्पन्न भएको हो ।
रोबो फेस्टमा ‘रोबो सकर’ र ‘रोबो रेस’ खेल प्रतियोगिता राखिएको थियो । रोबो सकरमा खेलमा विभिन्न कलेजका १४ भन्दा बढी समूह सहभागी थिए । त्यसैगरी रोबो रेसमा पनि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
विश्वमा आइटीले तहल्का मच्चाइरहेको समयमा नेपालका विद्यालय र कलेजमा यस्ता फेस्ट हुन आवश्यक रहेको छ । रोबो फेस्टले रोबोटिक्सको क्षेत्रमा नवीनता र विशेषज्ञता प्रदर्शन गर्न उपयोगी हुने र विद्यार्थीहरूबीच सहकार्यलाई फेस्टले बढावा दिने आयोजक पक्षले बताएको छ ।
त्यस्तै, कक्षा ११ मा साइन्स र म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले बनाएको २२ वटाभन्दा बढी रोबर्ट तथा आइटिसम्बन्धी विभिन्न परियोजनाहरु प्रदर्शनीमा राखेका थिए । विद्यार्थीहरुले बनाएको सिंचाइका लागि ‘स्मार्ट ग्रीन हाउस’ र ‘इरिगेसन सिस्तम’, सैन्यहरुलाई आक्रमणबाट बचाउन सकिने र्यादर डिटेक्टर फर डिफेन्स विथ गन टोरेन्ट’, सवारी साधनलाई दुर्घटना हुन बाट बचाउनका लागि ‘एक्सिडेन्ट प्रि-भेन्टिङ सिस्टम’ र सिक्का प्रयोग गरी दुई रुपैयाँमै सेनेटरी प्याड उपलब्ध गराउने मेसिन ‘आमा’ जस्ता परियोजनाहरु प्रदर्शनीमा राखिएका थिए ।
तत्कालको लागि रोबो फेस्टमा प्रदर्शन गर्ने उदेश्यले यी परियोजनाहरु बनाइए पनि भविष्यमा यसलाई व्यवहारमा लागू हुने गरि निर्माण गर्ने विद्यार्थीहरुले बताएका छन् ।
युनाइटेड एकेडेमीले यो कार्यक्रमको तेस्रो संस्करण आयोजना गरेको हो । यस शैक्षिक संस्थाले सन् २०१७ देखि निरन्तर यस किसिमका प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ ।































प्रतिक्रिया