काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको दुई दिने ‘काठमाडौं एकेडेमिक फेस्ट’ राष्ट्रियसभा गृहमा जारी छ । महानगरले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि सुरु गरेको कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि उक्त मेलाको आयोजना गरेको हो । संस्कारयुक्त शिक्षालाई अनुसरण गरि शिक्षा क्षेत्रमा नयाँपन थपिरहेको संस्कृति इन्टरनेशनल स्कुलले महानगरले ल्याएको बुक फ्रि फ्राईडे कार्यक्रममा पनि विभिन्न स्कुलसंग सहकार्य गर्दै आएको छ ।
‘काठमाडौं एकेडेमिक फेस्ट’ मा उक्त स्कुल प्रायोजकको रुपमा रहेको छ । शिक्षामा नयाँ आयाम थप्न तत्पर संस्कृति इन्टरनेशनल स्कुलले स्थानीय सरकारसँगको सहकार्यमा काम गर्दै आएको छ ।
एकेडेमिक फेस्टमा संस्कृति इन्टरनेशनल स्कुलको पनि सहभागी रहेको थियो । विद्यार्थीहरुले दुई वटा स्टल राखेका थिए । उनीहरुले थ्रिडी प्रिन्टरबाट विभिन्न आर्टलाई प्रिन्ट गर्न मिल्ने डिभाइस, प्रदर्शनीमा राखेका छन् । सो थ्रिडी प्रिन्ट बाट कम्प्युटरमा सेट गरेअनुसार वस्तु प्रिन्ट गर्न सकिन्छ । विद्यार्थीहरुले प्रदर्शनीमा पुतलीको डिजाइन प्रिन्ट गरेका थिए ।

त्यस्तै, प्रदर्शनीमा विद्यार्थीहरुले सिटी डिजाइन एण्ड स्मार्ट स्ट्रीट लाइट बनाएर प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमले सहरलाई राम्रो देखाउनका लागि रातिको समयमा सहरको लाइट अटोमेटिक बल्छ भने बिहान भएपछि त्यहाँको लाइट आफैं बन्द हुन्छ । यसले सहर सुन्दर देखिनुका साथै धेरे जनशक्तिको पनि आवस्यक नपर्ने विद्यार्थीले बताएका छन् ।
संस्कृति इन्टरनेशनल स्कुलले बुक फ्रि फ्राइडेमा शान्ति निकुञ्ज विद्यालयसँग सहकार्य गरि सफा पानीको बारेमा अध्ययन गरेका थिए । शान्ति निकुञ्ज विद्यालयको इको क्लवका विद्यार्थी र संस्कृतिका विद्यार्थीहरुले संयुक्त रुपमा मरुहिटिमा कस्तो किसिमको पानी छ । पानी सफा बनाउनको लागि के-के गर्नुपर्छ भनेर विद्यार्थीहरुले अध्ययन गरेका थिए ।

संस्कृति इन्टरनेशनल स्कुलले विद्यार्थीलाई किताबी ज्ञान मात्र नदिई व्यक्तितव विकासमा समेत ध्यान दिएर अध्भ्ययन गराइने स्कुलको प्रिन्सिपल तिमिला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘महानगरले आयोजना गरको एकेडेमिक फेस्टमा सहभागी भएर विद्यार्थीहरुले अन्य स्कुलका विद्यार्थीहरुबाट धेरै नयाँ नयाँ विषयवस्तु सिकेको र शिक्षकहरुले पनि कुन विद्यालयले सिकाइमा के गरेको रहेछ र हामीले के गर्न बाँकी रहेछ भन्ने विषयको जानकारी लिने अवसर पाउनु भएको छ ।’

यो शताब्दी भनेको टेक्नोलोजीको शताब्दी हो र आगामी दिनहरुमा समेत टेक्नोलोजी क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यसलाई मध्यनजर गर्दै संस्कृति इन्टरनेशनल स्कुलले ‘फ्याब ल्याब’ को स्थापना गरेको छ । जुन नेपाली स्कुलको इतिहासमा पहिलो हो । स्कुलले फ्याब ल्याबबाट आईटी, टेक्नोलोजी, रोवटिक्ससम्बन्धी विविध विषयहरुमा एउटै छाटामुनी विद्यार्थीलाई सिकाइन्छ । ल्याबमा विद्यालयका कक्षा १ देखिका विद्यार्थीहरु सहभागी हुन्छन् र विद्यार्थीको क्षमता र रुचि अनुसार उनीहरुलाई ल्याबको कार्यक्रममा सहभागी गराइन्छ ।






























प्रतिक्रिया