काठमाडौं । बागबजारमा अवस्थित शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विस्तृत जानकारी प्रदान गर्न विशेष जानकारी सत्रको आयोजना गरेको छ ।
७ मार्च शुक्रबार इन्लाइटनकै भवनमा उक्त विशेष जानकारी सत्र आयोजना हुन लागेको हो । यस शैक्षिक कार्यक्रममा बेथानी कलेज, वेस्ट भर्जिनियाका रिक्रुटमेन्ट म्यानेजर सेफिना जोशीसँग प्रत्यक्ष भेटघाट गर्दै विद्यार्थीहरूले अमेरिका अध्ययनका अवसरहरूबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
बेथानी कलेजमा अध्ययनका अवसरका सँगसँगै छात्रवृत्ति योजनाहरूको जानकारी, भर्ना प्रक्रिया, आवश्यक योग्यता, र कलेजको सुविधाबारे पनि विद्यार्थीहरूले प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
बिहान ८ बजेदेखि ९ बजेसम्म हुने यो सत्र अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि निकै महत्वपूर्ण हुने इन्लाइटनको विश्वास छ ।
साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।





























प्रतिक्रिया