काठमाडौं । नेपालबाट कोरिया जान चाहने संख्या बढ्दै गएको विषयलाई मध्यनजर गर्दै अक्सफोर्ड एकेडेमिक फाउन्डेशनले विगत लामो समयदेखि भाषा कक्षाहरू सञ्चालन गर्दै आएको छ । शैक्षिक परामर्श संस्था अक्सफोर्डले कोरिया जान चाहनेहरूको सपना साकार गर्ने उद्देश्य राखी रोजगार अनुमति प्रणाली (ईपीएस)का कक्षाहरू धमाधम सञ्चालन गर्दै आएको हो ।
ईपीएससँग सम्बन्धित आवश्यक परामर्श साथै सहजीकरण अक्सफोर्डमा उपलब्ध हुने अक्सफोर्ड एकेडेमिकका प्रबन्ध निर्देशक नरेन्द्र बिक्रम थापा बताए । ‘कोरिया नेपालबाट जान चाहने विद्यार्थीहरूको संख्या लगातार वृद्धि भइरहेकाे छ, विशेष गरी शिक्षा, रोजगार र भाषा अध्ययनका लागि आकर्षक गन्तव्य कोरिया बनेकाले विद्यार्थीको आकर्षणमा कोरिया देखिन्छ,’ उनले भने ।
यद्यपि अक्सफोर्डबाट भने ईपीएसका आवश्यक कक्षा सञ्चालन हुने थापाले उल्लेख गरे । कोरियन भाषा पासको लागि अक्सफोर्ड उपयुक्त गन्तव्य रहेका बताउँदै उनले ईपीएस पास गरेर रोजगारीको लागि हजाराैं नेपाली कोरिया पुगिसकेको जानकारी दिए ।
अक्सफोर्डबाट पनि भाषा अध्ययन गरेका धेरै विद्यार्थी उत्तीर्ण गरी कोरियामा पुगि मनग्य आम्दानी गर्नेको संख्या उच्च रहेको थापाको भनाई छ । बागबजारमा अवस्थित अक्सफोर्डमा कोरियन भाषाको तयारी प्रशिक्षक गोविन्द राई र लि योङ्ग सुकबाट हुँदै आएको छ ।
कोरियन सुक र लामो समय कोरिया बसेर फर्किएका अनुभवी प्रशिक्षक राईले भाषा सँगसँगै त्यहाँको आवश्यक जानकारी दिँदै आएका छन् । प्रशिक्षक समेत अनुभवी हुँदा कोरिया जान र भाषा पढ्न इच्छुक विद्यार्थीको लागि अक्सफोर्ड उत्कृष्ट प्ल्याटर्फम रहेको थापाले बताए ।

‘हामीसँग विद्यार्थीहरुलाई उचित परामर्श र भाषा सिकाउने प्रशिक्षक हुनुहुन्छ, कसरी हुन्छ उहाँहरूबाट विद्यार्थीलाई राम्रो नतिजा ल्याउन सक्ने बनाउनमा हामी प्रयासरत छौं,’ उनले भने । औसत शुल्कमै अक्सफोर्डमा कोरियन भाषा पढाइने हुने थापाको भनाई छ ।
अक्सफोर्डमा कोरियन भाषा मात्र नभई कम्प्युटर क्लास, प्लस टुका तयारी कक्षा जस्तै एकाउन्ट, गणित लगायका विषयको ट्युसन पनि पढाई हुँदै आएको छ । ब्याचलर र मास्टर्सका सम्पूर्ण विषयको ट्युसनका साथै अंग्रेजी र जापानीज भाषासमेत अक्सफोर्डमा पढाइ हुने थापाले बताए । यहाँबाट सहज तरिकाले विभिन्न कोर्षहरु गर्न मिल्ने साथै आवश्यक परामर्श दिने जस्ता सुविधा भएकाले विद्यार्थीबीच अक्सफोर्ड लोकप्रिय बन्दै गएको देखिन्छ ।































प्रतिक्रिया