चितवन । शैक्षिक परामर्श संस्था ओली एण्ड एशोसिएट्स नेपालले आफ्नो वार्षिक सम्मेलन २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ ।
ओली एण्ड एशोसिएट्स नेपालका सीईओ तथा संस्थापक भवानीप्रसाद ओलीको अध्यक्षतामा यही मार्च ६ देखि १० सम्म चितवनमा आयोजना भएको वार्षिक सम्मेलनमा १०० जनाभन्दा बढीकाे सहभागी रहेको थियो ।
सम्मेलनले टोलीलाई थप सशक्त बनाउँदै नयाँ अनुभव सँगाल्ने अवसर प्रदान गरेको थियो । सो अवधिमा व्यवसायिक ज्ञान र सीप अभिवृद्धिका लागि विभिन्न विशेषज्ञहरूद्वारा सञ्चालित वर्कशप र तालिम सत्रहरू, प्रवासी शिक्षा, आप्रवासन नीति, तथा परामर्श सेवाका भविष्यबारे प्यानल छलफल, देशभरका शाखाहरूबाट आएका टोलीहरूबीच नेटवर्किङ अवसरहरूबारे महत्वपूर्ण छलफल भएको थियो ।

साथै नेपाली कला र संस्कृतिको झल्को दिने विशेष सांस्कृतिक प्रस्तुतिले झनै सम्मेलनको गरिमा बढाएको थियो । सो अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारी तथा शाखाहरूलाई सम्मान पनि गरिएको थियो । ‘टप कर्पोरेट पर्फमर अफ दी इयर २०२४’को अवार्ड नेपालका अप्रेसन म्यानेजर युवराज कार्कीले प्राप्त गरेका छन् ।

नेतृत्व विकास, सहकार्य र नवीन रणनीति निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस सम्मेलन सबैका लागि प्रेरणादायी बनेको सीईओ ओलीले जानकारी दिए । उनले भने, ‘यो सम्मेलन केवल छलफल र तालिमको लागि मात्र नभई, सम्पूर्ण टोलीबीच सम्बन्ध बलियो बनाउने अवसर पनि हो ।’

यो सफल कार्यक्रमप्रति आभार व्यक्त गर्दै ओली एण्ड एशोसिएट्सले भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

विगत २३ वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि यस ओली एण्ड एशोसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवी बनाउन सफल भएको छ । काठमाडौंकाे पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको ओली एण्ड एशोसिएट्सकाे ललितपुर, बुटवल, बिर्तामोड, इटहरी, चितवन, पोखरा र हेटौंडामा पनि शाखा रहेका छन्, जहाँ विद्यार्थीलाई गुणस्तरीय सेवा दिनका लागि १५० जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।































प्रतिक्रिया