ओली एण्ड एशोसिएट्सद्वारा अस्ट्रेलियामा इन्जिनियरिङ र पीआरबारे जानकारी दिन ‘विशेष प्यानल डिस्कसन’ आयोजना

ओली एण्ड एशोसिएट्सद्वारा अस्ट्रेलियामा इन्जिनियरिङ र पीआरबारे जानकारी दिन ‘विशेष प्यानल डिस्कसन’ आयोजना

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । शैक्षिक परामर्श संस्था ओली एण्ड एशोसिएट्स नेपालले अस्ट्रेलियामा इन्जिनियरिङ मास्टर अध्ययन र पीआर मार्गबारे ‘विशेष प्यानल डिस्कसन’ आयोजना गरेको छ ।

शुक्रबार स्टार मलमा सो कार्यक्रमको आयोजना हुने भएको हो । दिउँसो ३ बजेदेखि साढे ४ सम्म सञ्चालन हुने उक्त छलफलमा अस्ट्रेलियामा इन्जिनियरिङ अध्ययनका अवसरहरू, पीआर, करियर सम्भावनाहरू र अनुभवी विज्ञहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने मौका पाइनेछ ।

प्यानलिष्टमा शैक्षिक परामर्श क्षेत्रमा दुई दशक लामो अनुभव बोकेका ओली एण्ड एशोसिएट्सका कन्ट्री म्यानेजर सुदर्शन शर्मा, ओली एण्ड एशोसिएट्सका ग्लोबल सीईओ तथा संस्थापक भवानीप्रसाद ओली, ‘इन्जिनियर को कथा’का संस्थापक ईं. राजकुमार अधिकारी रहनेछन् ।

अस्ट्रेलियामा इन्जिनियरिङको मास्टर डिग्री अध्ययन गर्ने सोच बनाएका र स्थायी बसोबास (पीआर) प्रक्रियाको बारेमा जानकारी लिन यो प्यानल छलफल निकै उपयोगी हुने बताइएको छ ।

विगत २३ वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि यस ओली एण्ड एशोसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवी बनाउन सफल भएको छ । काठमाडौंकाे पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको ओली एण्ड एशोसिएट्सकाे ललितपुर, बुटवल, बिर्तामोड, इटहरी, चितवन, पोखरा र हेटौंडामा पनि शाखा रहेका छन्, जहाँ विद्यार्थीलाई गुणस्तरीय सेवा दिनका लागि १५० जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।

Logo