ललितपुर । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले एक विशेष समारोहका बीच राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक, खेलकुद र नेतृत्वका विभिन्न पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूलाई र प्रमाणपत्रसहित सम्मान गरेकाे छ।
सोही दिन, स्कूलले मिडल इयर प्रोग्राम (एमवाइपी) कम्युनिटी प्रोजेक्ट एक्जिविसन पनि आयोजना गरेकाे थियाे, जहाँ विद्यार्थीहरूले संसारभरका चुनौतीहरू समाधान गर्ने आफ्ना सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए ।
यो अवसरमा ललितपुरकी उपमेयर मञ्जली शाक्य बज्राचार्य प्रमुख अतिथिका रूपमा उपस्थित भइ विद्यार्थीहरूको प्रतिबद्धता र समुदायमा सकारात्मक प्रभाव पुर्याउने प्रयासको प्रशंसा गरेकी थिइन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानको उत्सव
स्कूलले ९२ जना विद्यार्थीलाई सम्मानित गर्यो जसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्टता प्राप्त गरेका थिए । वल्र्ड स्कलरस कपमा, विद्यार्थीहरूले बङ्गकोक ग्लोबल राउन्डमा डिबेटिङ, निबन्ध लेखन र समुहका समस्याहरूको समाधान गर्दै आफ्नो बुद्धिमत्ता र समर्पण देखाए।
यस्तै, डुके अफ इडिनवर्ग इन्टरनेशनल अवार्डको सिलसिलामा विद्यार्थीहरूले स्वर्ण, रजत र कांस्य पदक जिते। यी चुनौतीहरूले उनीहरूको कौशल विकास, शारीरिक सक्रियता र समुदाय सेवा प्रदर्शन गरे। नेपाल इकोनोमिक्स ओलम्पियाड (एनइओ) मा दुई विद्यार्थीले आफ्नो विश्लेषणात्मक र समस्या समाधान गर्ने क्षमता देखाए।
प्रिमियरका विद्यार्थी-एथलिटहरूले पनि अन्तर्राष्ट्रिय खेलकुदमा आफ्नो प्रतिभा देखाए। बास्केटबल टोलीले आईएसएफ जिम्नासाइड बहराइन र एबीसीटी वीन्टर लिग बैंकक मा प्रतिस्पर्धा गर्दै आफ्नो सीपको परीक्षा लिएका थिए। टेवलटेनिसमा एक विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै आईएसएफ जिम्नासाइड बहराइनमा प्रतिस्पर्धा गरे। यस्तै, फुटसल मा, प्रिमियरका यु१७, यु१९ केटाहरु र यु१९ केटी टोलीले साउथ एसियन युथ स्कूल फुटसल कपमा उत्कृष्ट प्रदर्शन गरे। यु१९ केटा टोलीले स्वर्ण पदक जितेको छ भने यु१९ केटी टोलीले रजत र यु१७ केटा टोलीले रजत पदक जितेको छ।

एमवाइपी कम्पयुनिटी प्रोजेक्टः विद्यार्थीको समुदायमा प्रभाव
त्यसैगरी, स्कूलले मिडल इयरस प्रोग्राम (एमवाइपी) कम्युनिटी प्रोजेक्ट एक्जिविसन पनि आयोजना गरेकाे थियाे, जसले विद्यार्थीहरूको नेतृत्वमा आधारित नयाँ र सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गर्ने अवसर प्रदान गरेकाे छ। यो प्रदर्शनीमा ६० जना एमवाइपी विद्यार्थीहरूले विभिन्न स्थानीय र विश्वव्यापी समस्याहरूको समाधानमा आधारित परियोजनाहरू प्रस्तुत गरेका थिए ।
एमवाइपी कम्युनिटी प्रोजेक्ट विद्यार्थीहरूको अनुसन्धान, विचारशीलता, समस्या समाधान र संवादका सीपलाई परिष्कृत गर्ने प्रक्रियाको परिणाम हो। यस प्रदर्शनीले विद्यार्थीहरूको सामूहिक जिम्मेवारी र सामाजिक उत्तरदायित्वको भावना पनि बढाउँछ।
यसका साथै, विद्यार्थीहरूले यस परियोजनामा सिकेका सीपहरूलाई वास्तविक संसारमा लागू गर्ने अवसर प्राप्त गरेका छन्।

आईबी शिक्षा र अतिरिक्त पाठ्यक्रियाक गतिविधिहरू
आईबी शिक्षामा अतिरिक्त गतिविधिहरूको महत्त्वलाई अवलोकन गर्दा, यी सबै प्रतिस्पर्धाहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दछन्। शैक्षिक, खेलकुद र नेतृत्वका प्रतिस्पर्धामा सहभागिता गर्ने विद्यार्थीहरूका लागि यस्ता अवसरहरूले उनीहरूको आलोचनात्मक सोच, सहकार्य, नेतृत्व र सहनशीलता जस्ता गुणहरू विकास गर्ने अवसर प्रदान गर्छ। यी गतिविधिहरूले विद्यार्थीहरूलाई आत्मविश्वास, वैश्विक चेतना र जीवनभरको सिकाइमा प्रतिबद्ध बनाउन मद्दत पुर्याउँछ।





























प्रतिक्रिया