जापान जाने विद्यार्थीका लागि भरपर्दो गन्तव्य ‘सक्सेस एब्रोड स्टडी’ -एमडी भवनाथ हुमागाईं

जापान जाने विद्यार्थीका लागि भरपर्दो गन्तव्य ‘सक्सेस एब्रोड स्टडी’ -एमडी भवनाथ हुमागाईं

केन्द्रबिन्दु
717
Shares

काठमाडौं । पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा वैदेशिक अध्ययनका लागि जापान रोजाईमा पर्दै गएको छ । सक्सेस एब्रोड स्टडी कन्सल्टेन्सीले विगत लामो समयदेखि विद्यार्थीलाई जापान अध्ययनमा पठाउँदै आएको छ । सक्सेस एब्रोड स्टडी कन्सल्टेन्सी विद्यार्थीले किन रोज्ने, के के सुविधा रहेको छ ? जापान अध्ययनका लागि कसरी गर्न सकिन्छ भन्ने विषयमा सक्सेस एब्रोड स्टडी कन्सल्टेन्सीका एमडी भवनाथ हुमागाईसँग गरिएको कुराकानी-

जापान जाने विद्यार्थीले कसरी तयारी गर्दा प्रभावकारी हुन्छ ?

-विशेषगरी कक्षा १२ को अध्ययन सकेपछि विद्यार्थीहरु अध्ययनका लागि जापान जाने गरेका छन् । १२ को परीक्षा दिएपश्चात फुर्सदको समयमा तयारी गर्ने गरेका छन् । त्यहि समयको अवधिमा विद्यार्थीले जापानिज भाषाको तयारी गर्दा व्यस्त हुने संगसंगै अभिभावले पनि आर्थिक रुपमा तयारी गर्दा राम्रो हुन्छ ।

कक्षा १२ पछि मात्र नभई स्नातक तहको परीक्षा दिएर बसेका र जापान अध्ययनमा जान चाहने विद्यार्थीले सक्केस एब्राेड स्टडीलाई सम्झिँदा उत्तम हुन्छ ।

सक्सेस एब्राेड स्टडीले जापान जाने विद्यार्थीलाई कसरी सहजीकरण गर्ने गरेको छ ?

-सर्वप्रथम त जापान जाने विद्यार्थीलाई विगत ११ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएका छाैं । सक्सेसले यसै क्रममा धेरै विद्यार्थीहरुलाई सफल रुपमा शैक्षिक परामर्श उपलब्ध गराएर वैदेशिक अध्ययनको अवसर प्रदान गरिसकेको छ । यस परामर्श संघमा तालिम प्राप्त प्रशिक्षक द्धारा परामर्श दिने गरिन्छ ।

सक्सेस एब्रोड स्टडीको जापानसँग प्रत्यक्ष सम्बन्ध रहेको छ । जापानको भाषा, संस्कृतिको अनुभव भएको त्यहाँको अवसरबाट प्रत्यक्ष रुपमा घुलमिल भएका टिम रहेको छ । सक्सेसमा आउने विद्यार्थीहरुलाई परिपक्व शैक्षिक परामर्श र जापान जाँदा गर्नुपर्ने तयारीको बारेमा विषेश रुपले जानकारी दिने गरेका छाैं ।

अध्ययनका लागि जापान जाने विद्यार्थीको शैक्षिक योग्यता कति चाहिन्छ र डकुमेन्टहरु के-के बनाउनुपर्छ ?

-जापान अध्ययनका लागि न्युनतम १२ कक्षा पास भएको शैक्षिक योग्यता भए पुग्छ । जापानले सरकारले शैक्षिक ग्यापभन्दा पनि विद्यार्थी भाषामा कत्तिको अब्बल छ त्यसमा ध्यान दिन्छ ।

सामान्यतया ५ वर्ष भन्दा बढी ग्यापलाई नस्विकार्ने भन्ने प्रचलन रहेको छ । तर पनि विद्यार्थीलाई भाषाको राम्रो ज्ञान छ भने कलेजहरुले स्विकार गरेको अवस्था पनि छ । साथै विद्यार्थीहरु शारिरीक रुपमा स्वस्थ्य छन्, कुनै मेडिकल समस्या छैन, आर्थिक रुपमा तयारीलगायत योग्यता भएका विद्यार्थीहरु निर्धक्क भएर जापानका लागि अप्लाई गर्न सक्छन् । शैक्षिक योग्यतामा ग्याप छ भने पनि भाषा राम्रो बनाएर जापान अध्ययनका लागि जान सकिन्छ ।

जापान जान चाहने विद्यार्थीले सक्सेसलाई नै किन राज्ने ?

-यसभन्दा अगाडि जो विद्यार्थीहरु सक्सेसबाट सेवा लिएर जापान अध्ययनका लागि गएका छन् । तिनै विद्यार्थीहरुले नै अन्य विद्यार्थीहरुलाई रिकुमेन्ट गर्ने गरेका छन् । यसलाई सकारात्मक रुपमा दिन सकिन्छ ।

सक्सेसले मित्थ्यामा आधारीत नभई जे हो सत्यका आधारमा परामर्श दिने गर्छ । विद्यार्थीहरुलाई आर्थीक प्रलोभन देखाउने यति धेरै कमाई हुन्छ भनेर त्यस्तो काम सक्सेसले गर्दैन । तथ्यमा आधारित शैक्षिक परामर्श सक्सेसले लिने गर्छ । त्यसैले सम्पूर्ण विद्यार्थीहरुले यसै विषयमा आधारीत रहि पूर्ण विस्वासका साथ सक्सेसलाई रोज्न सक्छन् ।

सक्सेस एब्रोड स्टडीले जापानमा कस्ता स्कुल कलेज रोज्दा के कस्ता फाइदा हुन्छन् भनेर विद्यार्थीलाई कसरी परामर्श दिँदै आएको छ ?

-विद्यार्थीले जापानका शैक्षिक संस्था छनौट गर्दा सर्वप्रथम कलेजको इतिहास, त्यस क्याम्पसमा विद्यार्थीको केयस कसरी गरिन्छ, क्याम्पसले विद्यार्थीहरुसंग कस्तो व्यबहार गर्छ, ति आधारमा मात्र सक्सेसले विद्यार्थीहरुलाई अध्ययनका लागि सिफारिस गर्दछ । यदि कुनै कलेज वा स्कुलले हामी विद्यार्थीलाई राम्रोसंग राख्न सक्दैनौं, अवसर प्रदान गर्न सक्दैनौं, छात्रवृत्ति प्रदान गर्न सक्दैनौं भन्ने कलेजससँग सक्सेसले काम गर्दैन र त्यहाँ विद्यार्थीलाई अध्ययनका लागि सिफारिस पनि गर्दैन ।

अझ जुन कलेजमा नेपाली विद्यार्थी पढिरहेका छन् र उनीहरुले रिकमेन्ट गरिरहेका छन् भने त्यस्तो कलेजमा जान सक्सेसले सुझाव दिने गरेको छ । कतिपय कलेजसँग सहकार्य गर्न छोडेको उदाहरण पनि धेरै छन् ।

फेयरवेल तथा इन्फर्मेशन शेसन लगायतका कार्यक्रमहरु किन आयोजना गरिन्छन् र यस कार्यक्रमले विद्यार्थीलाई कसरी सहयोग पुर्याउँदछ ?

-सक्सेस एब्राेड स्टडीको ब्रान्च र हेड अफिसबाट धेरै विद्यार्थीहरुले विभिन्न समयमा भाषा अध्ययन गरिरहेका हुन्छन् । उनीहरुले एकमुष्ट रुपमा सुचना लिइराखेका हुँदैनन् । वैदेशिक अध्ययन भन्ने वित्तिकै सामाजिक सञ्जालमार्फत प्रलोभनको माहोल सिर्जना भैरहेको छ । जति नकारात्मक सुचना फैलाइन्छ तर त्यति सहज पनि छैन । जापान जान जुन विषयको तयारी गरेर जानु पर्ने त्यहाँको वास्तविकता थाहा नपाई विद्यार्थी गए भने दुःख पाउने सम्भावना रहन्छ ।

त्यस्तै अभिभावकमा पनि जापान जाने वित्तिकै काम पाउछ र पैसा पठाउन सुरु गर्छ भन्ने भ्रम रहेको हुन्छ । यसरी गलत परामर्श लिएर जाँदा अपेक्षा धेरै हुने र त्यहि अनुरुप प्रतिफल नआउँदा विद्यार्थी तथा अभिभावकको मानसपटलमा नकारात्मक असर पर्न जान्छ ।

त्यसैले जापान गैसके पछि कति समयको पर्खाइ पछि काम पाइन्छ, कसरी काम गर्ने, कति कमाई हुन सक्छ, कसरी फिको तयारी गर्ने, भोलिको दिनको समस्या पर्यो भने अभिभावकले कसरी सपोर्ट गर्ने जस्ता विषयबस्तुमा पारदर्शी सुचना सक्सेसले उपलब्ध गराउने उदेश्यले समय समयमा फेयरवेल तथा इन्फर्मेशन शेसनको आयोजना गरिन्छ ।

त्यस्तै जापानमा अध्ययन गरिरहेका विद्यार्थीहरुको अनुभव, सक्सेसका पदाधिकारीहरुले जापान भ्रमणमा रहेका बेला संगालेको अनुभव सेयरका लागि पनि यस प्रकारको कार्यक्रम फलदायी हुन्छ ।

अन्त्यमा विदेशमा अध्ययन गर्नका लागि जान तयारी गरिरहेका विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?

-वैदेशिक अध्ययनका लागि तयारी गरिहेका विद्यार्थीले बुझेर गर्दा राम्रो हुन्छ । तयारीमा जुन खर्च भैरहेको हुन्छ त्यो भनेको अभिभावकहरुले गरेको लगानी हो । त्यसैकारण बुझेर सहि ठाउँमा लगानी गर्दा त्यसको प्रतिफल पनि राम्रो आउँछ । तर यथासिघ्र नतिजाको आश गर्दा, आर्थिक उपलब्धीलाई मात्र मापन गर्दा सहि गन्तव्यमा पुग्न सकिँँदैन ।

विद्यार्थीहरु जापान गइसकेपछि सधैं सहज हुन्छ भन्ने हुँदैन । त्यस्तो अवस्थामा शैक्षिक परामर्श दाताहरुले पनि सहयोग गर्छन् र अभिभाकहरुले पनि सहयोग गर्नुपर्ने हुन्छ । पढाई सकेपछि मात्र रिजल्ट दिन सक्ने हुनाले विद्यार्थीको पढाइ नसकुन्जेल सहयोग गर्न आवश्यक हुन्छ ।

Skip This
Skip This
Logo