नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बराल

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बराल

केन्द्रबिन्दु
474
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको प्रथम वार्षिक साधारण सभा तथा घोषणा सभा सफलतापूर्वक सम्पन्न भएको छ ।

अध्यक्ष राजेन्द्र बरालको सभापतित्व तथा शिक्षा समितिका सभापति अम्बरबहादुर थापाको प्रमुख आतिथ्यमा शनिबार राजधानीमा एक विशेष समारोहबीच महासंघको आधिकारिक रूपमा घोषणा गर्दै वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

उक्त सभाले राजेन्द्र बरालको अध्यक्षतामा ५५ सदस्य कार्यसमिति चयन गरेको छ । महासंघको महासचिवमा उद्धवबहादुर खड्का चुनिएका छन् । त्यस्तै महासंघमा १० सल्लाहकार सदस्य रहेका छन् ।

महासंघको सल्लाहकार सदस्यमा उत्तमप्रसाद पन्त, श्रीकृष्ण श्रेष्ठ (एसके श्रेष्ठ), अरुण लामिछाने, नारायण बजाज, प्रेम पाण्डे, सुनिल बज्रचार्य, सुभद्राराज भण्डारी, राजुप्रसाद डल्लाकोटी, महेश कार्की र सरोजकुमार बस्नेत रहेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा शेषराज भट्टराई रहेका छन् ।

महासंघमा एक वरिष्ठ उपाध्यक्षसहित १० जना उपाध्यक्ष पनि चयन भएका छन् । जसमा हेमन्त भट्टराई, रमेश देवकोटा, बासुदेव नेपाल, यसोदा भट्टराई, प्रज्जवल बस्नेत, विशाल श्रेष्ठ, नारायण रेग्मी, गणेश शर्मा, किशोर तिवारी रहेका छन् ।

यस्तै सचिवमा विष्णु खड्का, भुवनबहादुर क्षेत्री, गीता शर्मा शिवाकोटी, थरेन्द्रराज अधिकारी, अर्जुन बस्नेत र योगेश क्षेत्रीसहित ६ जना चयन भएका छन् । यसै गरी कोषाअध्यक्षमा थिरलाल भट्ट चयन भएका छन् भने कार्यसमितको विशिष्ट सदस्यमा प्रकाश पाण्डेलाई राखिएको छ ।

कार्यक्रममा शिक्षा समितिका सभापति थापाले महासंघको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेपाल निर्माण र शैक्षिक क्षेत्रको वृद्धि विकासमा शैक्षिक परामर्श क्षेत्रको ठूलो योगदान रहेको उनले बताए । शैक्षिक परामर्श व्यवसायीले चालेका सकारात्मक कदममा साथ दिने पनि उनको प्रतिबद्धता थियो ।

नेपाललाई शैक्षिक हब बनाउनका लागि यस्ता संस्थाहरु अझै स्थापना हुनुपर्नेमा सभापति थापाको जोड थियो ।

यसैगरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले शैक्षिक क्षेत्रमा आज ऐतिहासिक दिन रहेको बताए । शैक्षिक परामर्श व्यवसायीहरु एकजुट भएर अगाडि बढ्ने जुन खाँचो थियो, त्यो आजको दिनमा पूरा भएको र यसले आगामी दिनमा विद्यार्थीलाई विदेशी पठाउने मात्र होइन, विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउन पनि निकै महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले पनि महासंघले भविष्यमा विदेशमा पढ्न जाने विद्यार्थीलाई आवश्यक परामर्श दिने नीति निर्माणमा भूमिका खेल्नुपर्नेमा जाेड दिए । शैक्षिक परामर्श व्यवसायीहरु एकजुट भएर अगाडि बढ्दा शैक्षिक क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष बरालले आजबाट आधिकारिक रूपमा नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ घोषणा भएको जानकारी गराउँदै अब शैक्षिक परामर्श नीति व्यवसायलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

महासंघले भविष्यमा गर्ने काम समेटिएको बुँदा घोषणा गर्दै उनले व्यवसायीको हकहित र लगानी सुनिश्चित गर्ने, सरकारसँग मिलेर वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुका लागि शिक्षण बिमा, स्वास्थ्य बिमा, स्वास्थ्य परिक्षण, छात्रवृत्तिलगायतमा सहयोग गर्ने, शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानीलाई रोक्ने र पिटिई र टोफेलमा हुने अनियमिततामा खबरदारी गर्ने लगायतमा जोड दिएको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मलोहत्रा, महासचिव नरेशलाल श्रेष्ठ, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभाव भण्डारीलगायत शैक्षिक परामर्श क्षेत्रका अंग्रज व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

Skip This
Skip This
Logo