स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ ।

क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा. डा. कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुने जानकारी दिए । उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकिएको थियो ।

यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो ।

क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । त्रिवि केन्द्रीय क्याम्पसमा छ हजार १४६ मतदाता रहेका छन् ।

Logo